साझा नेटवर्क
उद्धव मगर,दोहा कतार ।
फेब्रुअरी ११ का दिन खोटाङ जिल्ला खारपा गा.वि.स वार्ड नंं २ बर्ष ४४ का गोरे भुजेलले आत्महत्या गरेका हुन् । विगत ७ बर्षदेखि कतारको सनैया २३ स्ट्रिटमा रहेको नेशनल मारबल एण्ड स्टोन कम्पनीमा कार्यरत रहेको निजले ११ फेब्रुअरीका दिन आफ्नै कोठामा आत्महत्या गरेका थिए ।
निज मृतकको नजिकका साथीहरु होम भुजेल र विर्ष बहादुर राईको जानकारी अनुसार सो कम्पनीको कोठामा दुईजना मात्रै रहेको र सो कोठामा रहने साथी त्यस राती कोठामा नभएको र भोली पल्ट ११ तारीक डिउटी नगएकोले सबैले खोजतलास गर्दा आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । मृतक गारे भुजेलको मृतक शरीर अहमद हस्पिटलमा राखिएको जानकारी दिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend