साझा नेटवर्क
अनिश शर्मा गैरे, वामी गुल्मी फागुन १४ ।
गुल्मीको बडागाँउमा बिभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गर्नेहरुको लहर चलेको छ । आज मात्रै सम्पन्न एक अन्तरक्रिर्या कार्यक्रममा १ सय ७ परिवारका २ सय ५१ जना अन्य पार्टी परित्याग गरी काँग्रेसमा प्रबेश गरेका हुन ।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मी सचिब खिलध्वज पन्थी तथा नेका गुल्मी क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्काले नव प्रवेशीहरुलाइ स्वागत गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend