साझा नेटवर्क
प्रेम सुनार गुल्मी ,फागुन १४ ।
२०४२ सालमा निर्मित पुरानो मन्दिरलाई पुनर्निमाण गरी शिवालय सन्तोषी मन्दिरमा आज अजैं ८ पौवाका वासीन्दाले महाशिवरात्री पुजा गरी अहिले साँझ देखि आज राती सम्म भजन किर्तन आदि रमाईलो गर्दै छन् ।
उक्त मन्दिर पुनर्निमाण गर्न १० हजार भन्दा बढि सहयोग गर्ने अर्जै ८ का प्रितम विष्ट, वोमबहादुर विष्ट ,कृष्ण अर्यालय,नरहरी पराजुली,रमेश सापकोटा,मिना भण्डारी ,देवराज विष्ट ,कमलराज विष्ट ,धनबहादुर मुखिया,तुल्सी बिक,वेलबहादुर बिक र ढालबहादुर विष्टलाई आयोजकले सम्मान गरेका थिए । कमलराज विष्टको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको सञ्चालन वेदराज विष्टले गरेका थिए ।
पुलका मुखमा पनि भव्य
गुल्मीकै पारी तुराङ्ग र वारी पलथुमको रुद्रवती नदिकिनाको विच पुलका मुखमा अवस्थीत सर्वेश्वर महादेवको मन्दिरमा पनि आज भव्य रुपमा महाशिवरात्री पुजा गरिएको छ । त्यहाँबाट स्थानिय समाज सेवी शिव गौतमले दिएको जानकारी अनुसार अहिले साँझ सम्म पनि भजन किर्तन चलिरहेको छ र राती अवेर सम्म पनि रमाईलो गर्ने प्रचलन रहेको छ ।
यता सदरमुकामका विभिन्न शिवालयहरुमा पनि विहानै देखि अहिले साँझ सम्म महाशिवरात्रीको रौनक चलिरहेको छ । तम्घासको सवै भन्दा पुरानो चारी खोलाको शिवालय,संयुक्त तम्घास स्थिान मन्दिर ,मिलनचोकको शिवालय,धागीथुम भगवती मन्दिरको शिवालय ,लगायका स्थानमा निकै रामाईलो भई रहेको छ ।
मिलनचोकमा आज रातैभरी ध्वनी लगाई भव्य भजन किर्तन गरिने स्थानिय समाज सेवी रामप्रसाद पन्थीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानका शिवालयहरुमा पनि भव्य शिवरात्री पुजा चलेको जानकारी प्राप्त भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend