logo
  • शनिबार, असोज १० २०८३

कन्चनापुर प्राविमा विद्यालय व्यावस्थापन समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ फागुन १२ ।
कन्चनापुर प्राथमिक विद्यालय शिसाखानी ७ बागलुङमा आज एक कार्यक्रमका विच विद्यालय व्यावस्थापन समितिको गठन गरिएको छ। अभिभावकहरुको भेलाले धन प्रसाद शेरचनको अध्यक्षतामा नयाँ विद्यालय व्यावस्थापन समितिको गठन गरेको हो।

जसको सदस्यहरुमा फुलमाया विक, उमा विक, थम्मन विक, वोम वहादुर थापा, धन माया रेश्मी, रिमा छन्त्याल र सदस्य सचिवमा प्रधानाध्यापक पुनाराम गिरि रहनु भएको छ। त्यस्तै भेलाले शेर वहादुर विकको अध्यक्षतामा शिक्षक अभिभावक संघको गठन गरेको छ।

जसको सदस्यहरुमा उमा विक, रमेश विक, अनु वुढा, तारा थापा, नन्दराम वुढा, खिम माया थापा, मन वहादुर भुजेल, सरिता भुजेल, लिला छन्त्याल रहनु भएको छ। त्यस्तै सल्लाहकारमा उत्तम खड्का थोकीको संयोजकत्वमा सल्लाहकार समितिको गठन गरिएको छ।

कार्यक्रममा खड्क वहादुर पुन, चुरा वहादुर पुन, फुलमाया विक, दधिराम विक, उत्तम खड्का थोकी, धन प्रसाद शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम पूर्व विद्यालय व्यावस्थापन समितिका अध्यक्ष केयर सिंह थापाको अध्यक्षता, बोम वहादुर थापाको स्वागत मन्तव्य तथा प्रधानाध्यापक पुनाराम गिरिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend