logo
  • शनिबार, साउन ३० २०८३

नयाँ बर्षमा सयुक्त बृहत सांगीतिक कार्यक्रम हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
एनआरएन एनसीसी कतारको संयोजकत्वमा आउदै गरेको नेपाली नयाँ बर्षको अवसरमा बिबिध सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा राष्ट्रिय पर्वहरुलाई समेट्दै स्थापित सस्थाहरुको सहकार्यमा गरिन लागेको हो । गत १९ फेब्रुअरी २०१७ का दिन एनसीसी कतारका अध्यक्ष बिनेश तामांगको अध्यक्षतामा बसेको समन्वय समितिको बैठकले आगामी हुने कार्यक्रमको सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा भब्यरुपमा सम्पन्न गर्नको लागि ब्यवस्थित र अनुसासित रुपमा सबैले मिलेर संयुक्त रुपमा गर्नका लागि उपस्थित संघसस्थाका प्रतिनिधिहरुले सुझाव दिएका थिए ।

बैठकमा कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नको लागी समन्वय समितिका पदाधिकारीहरुमा कार्य बिभाजन समेत गरेको छ । कार्य बिभाजन गर्दा तोकिएको समितीमा संयोजक सहित पदाधिकारीका नामावली निम्नानुसार रहेको छ । स्थान छनौठ समिती संयोजक बिनेश तामाङ् सहित सदस्यहरुमा सुदर्सन भट्ट, टि एन बराल छन् । समितिले एक हप्ता भित्र अनुकुल स्थानको छनौट गर्दै अनुमानित लागत समेत पेस गर्ने छ ।

कार्यक्रमको प्रमुख पाटो आर्थिक ब्यवस्थापन समितीको संयोजकमा नगेन्द्र पोख्रेललाई तोकिएको छ । सदस्यहरुमा केसब भुसाल, रामहरी गैरे, रकमध्वज राई, अब्दुल हफिज मिया रहेका छन् । नाच्ने गाउने र रमाउने कार्यक्रम नै भएको हुँदा कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन आफ्नो अनुकुल सदस्य राख्न सुझाव दिदै साँस्कृतिक बिभागको संयोजकमा लिलम चिडी मगरलाई सुम्पेको छ ।

त्यसैगरी खानापिन ब्यवास्थापन सम्पूर्ण जिम्मा संयोजक सुदर्सन भट्ट रहको समितिलाई मिलेको छ भने स्वयंसेवक ब्यवस्थापन समितीमा संयोजक श्री बिष्णुलाल श्रेष्ठ रहने गरि सदस्यमा बसन्त बहादुर थापा छनौट गरेको छ । कतारको एक्लो साझा महिला समाजकी अध्यक्ष सुस्मिता भुसाललाई कार्यक्रममा अतिथि सत्कारका लागी जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend