साझा नेटवर्क
प्रकाश घिमिरे, गुल्मी फागुन १२।
रुद्रावती बहुमुखी क्याम्पस वामीमा मँगलबार बाट लागेको ताला अझै खुल्न सकेको छैन । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले भर्ना सम्बन्धी बिषयमा असन्तुष्टी जनाउँदै मँगलबार बिहान करिब साढे ६ बजे तालाबन्दी गरेको थियो ।
क्याम्पसमा हिजो, आज गरेर तीन पटक बैठकहरु भए तर सबै एक अर्काका अडानका कारण बिना निष्कर्ष टुङ्गिएका छन । हिजो सञ्चालक समिति, अनेरास्वबियु बिच भएको बार्ता बिना निष्कर्ष टुङ्गिएको हो । र आजको बैठक पनि बिना निष्कर्ष सकिएको छ । बैठक फेरी भोली पनि डाँकिएको जनाइएको छ ।
क्याम्पसमा बिद्यार्थी संगठनहरु बिच भएको एक बैठकले यही फाल्गुण ६ गते प्रथम बर्षको तथा फाल्गुण १० गते सम्म अन्य तहका बिद्यार्थीहरुको कार्यालय समय भित्र भर्ना गर्ने निर्णयानुसार भर्ना नभएको भन्दै अनेरास्वबियुले तालाबन्दी गरेको हो । अनेरास्वबियुले अन्य संगठनले क्याम्पस समय भन्दा पछाडी समयमा बिद्यार्थी भर्ना गरेको आरोप लगाएको छ । तर नेबिसंघले भने कार्यालय समय भित्रै आफुहरुले बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुको कडा प्रतिबाद गरेको छ ।
तालाबन्दीको बिषयमा क्याम्पस प्रशासन सँग बुझ्ना प्रशासनले बिद्यार्थीहरुले क्रमअनुसार काम नगरी एक्कासी बिरोधमा उत्रिएको प्रति आफुहरु असन्तुष्ट भएको बताएको छ । प्रशासनले शुरुमा लिखित अथवा मौखिक जानकारी दिएर सुनुवाइ नगरेमा मात्र तालाबन्दीको काममा लाग्नुपर्ने बताएको छ । प्रशासनलाइ आफुहरु भर्ना सम्बन्धमा असन्तुष्ट भएको कुनै जानकारी नदिइ यस्तो काम गर्नु ठिक नभएको जनाइएको छ ।
क्याम्पसमा मतदाताको नामावली सार्वजनिक भैसकेपछि मात्र दावी बिरोध गर्नुपर्नेमा पहिल्यै कुनै जानकारी नदिइ तालाबन्दी गर्नु ठिक नभएको स्थानीयहरुको बुझाइ छ । स्थानीय बासिन्दाहरुले क्याम्पसमा एक्कासी तालाबन्दी गर्नु भनेको क्याम्पस तथा समग्र वामीकै लागि दाग लाग्ने बिषय भएको बताएका छन । अनेरास्वबियुका एक नेता केशब रानाले क्याम्पसमा क्याम्पस समय भन्दा पछाडी भर्ना गरिएको प्रति आफ्नो आपत्ती भएको बताए ।
तर यसरी दुइ दिन सम्म पनि क्याम्पस नखुल्दा प्रशासन भने मुकदर्शक बनेको छ ।
साथै क्याम्पसमा राजनीति लागेका बाहेक अन्य बिद्यार्थीहरु पनि रहेका छन । उनीहरु सँग कुरा बुझ्दा उनीहरुले आफुहरुले मासिक शुल्क तिरेर पढन आएको क्याम्पसमा यसरी ताला लगाइ पढ्न नदिनु प्रति आफ्नो घोर आपत्ती भएको बताएका छन । उनीहरुले राजनीतिको नाममा यसरी क्याम्पसमा पढाइ नै बन्द गर्न नहुने बताएका छन ।
यसैबिच बिरोधमा रहेको अनेरास्वबियुले आचारसंहिता भन्दा बाहिर रही आफ्नो प्रचार प्रसारको ब्यानर टाँगेको प्रति नेपाल बिद्यार्थी संघका सभापति अनिश गैरेले बिरोध जनाए । क्याम्पसको बोर्ड सँगै टाँसिएको ब्यानर प्रति उनको बिरोध रहेको छ । उनले क्याम्पसको बोर्ड राख्ने ठाँउमा राजनीतिक आस्थाका पर्चाहरु टास्न नपाइने भनी त्रिविले बनाएको आचारसंहिता नमान्नु गलत रहेको बताए ।
यसैबिच नजिकिदै गरेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनावको बिषयमा क्याम्पसमा महोल तात्दै गएको छ । क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनहरु बिच प्रतिस्पर्धा पनि बढ्न थालेको छ । बिद्यार्थी संगठनहरु हरु कसरी निर्वाचन कसरी जित्ने भनी दौडधुपमा लागेका छन ।
तर क्याम्पसमा ताला लागेपछि टाढा टाढाबाट कोठा भाडामा बसी पढ्न आएका बिद्यार्थीहरु अन्यौलमा परेका छन । उनीहरु चुनाव सकिएपछि मात्र क्याम्पसमा फर्किने भन्दै घर तर्फ लाग्न थालेका छन । बास्तबमा सोझा बिद्यार्थीहरु घर तर्फ जानु पनि जायज नै दखिन्छ ।
बिहान बेलुका खानको लागि धौ धौ हुने अभिभाबकहरुले आफ्ना छोराछोरीको उज्जवल भबिष्यको कामना गर्दै पढाएका छन, तर यसरी क्याम्पसमा ताला लाग्दा उनीहरु पनि चिन्तीत बनेका छन । बिद्यार्थीहरुलाइ परिक्षा नजिकिदै गर्दा यस्तो हुनु अप्ठ्यारो कुरा भएको लागेको छ ।
स्मरण रहोस, क्याम्पका केही बिद्यार्थीहरुमा यति सम्म पनि राजनीति लागेको छ कि पत्रकारको रुपमा म आफै क्याम्पसमा बस्तुस्थिती बुझ्ना जाँदा तपाइको यहाँ बोल्ने अधिकार के छ ? भनेर सिधै प्रश्न ठड्याइयो । २ सय ५० पनि बिद्यार्थी नभएकोे क्याम्पसमा बास्तबमा यो राजनीति के का लागि ?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend