साझा नेटवर्क
राम सुवेदी बुर्तिबाङ, फागुन ११।
बुर्तिबाङको निसीभुजी जनता क्याम्पस २०४८ सालमा स्थापना गरिएको निसीभुजी जनता क्याम्पस आज २५ वर्ष प्रवेशसँगै रजत जयन्ति तथा भवन उदघाटन गरिएको छ। जनताको सहयोग १ करोड ८१ लाख ६ हजार ३ सय ३५ रुपैयाँ लागतमा निर्माण गरिएको क्याम्पस भवनमा राज्यका तर्फबाट ४२ लाख ८६ हजार ४७ रुपैयाँमात्र लगानी रहेको बताए ।
यसरी जनताकै बलमा निर्माण गरिएको क्याम्पसको उदघाटन कार्यक्रममा उपस्थित सबैलाई प्रमुख अतिथि मानेर ७ सय दीप प्रज्जवलन गरि उदघाटन गरिएको हो ।बुर्तिबाङमा स्थापना भएको निसीभुजी जनता क्याम्पस,३ नं. क्षेत्रको एक मात्र स्नातक क्याम्पस हो । नेपालको राजनैतिक परिवर्तनको एक कालखण्ड २०४७ पछि बहुदल स्थापनाको समयमा केही सामाजिक अगुवाहरुको चिन्तनबाट २०४८ साल जेठ महिनाको १५ गते यसको स्थापना गरिएको वर्तमान क्याम्पस अध्यक्ष धीर प्रताप शिंहले बताए ।
०४७ सालको पहिलो निर्वाचन पछि निसीबाट बुर्तिबाङ फर्कने क्रममा एकाएक अवको राजनैतिक परिवर्तनपछि बुर्तिबाङमा एक क्याम्पस स्थापना गर्नुपर्छ भन्दै गर्दा गरिएको एक सभा सर्वपक्षीय सर्वदलीय सभामा परिणत भयो । त्यस समयमा हिक्मत शेरचन संस्थापक अध्यक्षका रुपमा रहँनुभएको थियो । क्याम्पस स्थापना गर्ने भनी आयोजना गरिएको एक सभाबाटै ४ लाख चन्दा संकलन गरिको र त्यसको पछिल्लो दिन बुर्तिबाङ बजारमा थप चन्दा संकलन गरि २ लाख थपेर ६ लाखबाट निसीभुजी जनता क्याम्पसको स्थापना तथा सुरुवात गरिएको पहिलो इतिहास भएको अध्यक्ष शिंहले बताए ।
तत्कालका लागि अहिलेको उत्तरगंगा माध्यमिक विद्यालयको परिसरमा व्यवस्थापन संकायको कक्षा सञ्चालन गरि लामो समय यसलाई निरन्तरता दिने प्रयन्त गरिएको थियो । निसी भुजी क्षेत्रकै नामबाट क्याम्पसको नाम राखिएकोले पनि यहाँका विभिन्न सामाजिक व्यत्तित्वहरुले यसको विकास, प्रवर्दन र सञ्चालनका लागि ठूलो योगदान गर्नुभएको इतिहास क्याम्पस सामु छ ।
राज्यले २०६४ तिर व्यवस्थापन संकायलाई हटाउने निर्णय गरेपछि तत्काल स्थानीय बुद्धिजीवी, समाजसेवीबीच स्नातक तहको क्याम्पस सञ्चालन गर्ने सहमति गरि क्याम्पसलाई अहिलेको स्वरुपमा लगिएको हो । उत्तरगंगा माध्यमिक विद्यालय परिसरमा सञ्चालनमा आएको क्याम्पसलाई आफ्नै जग्गा र भवन आवश्यक पर्ने भएपछि यहाँको खप्तरीबाङमा रहेका अल्पसँख्यक कुमाल समुदायबाट ११ रोपनि भन्दा बढी जग्गा दान प्राप्त भएपछि सोही स्थानमा २ कोठे भवन निर्माण गरि अहिलेको अवस्थामा आएको हो ।
हालको क्याम्पस भवन निर्माण कार्य २०७१ देखि सुरु गरि अहिले २०७३ फागुनमा निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि क्याम्पसका चन्दादाता, सहयोगदाता, स्थानीय राजनैतिक पार्टी प्रतिनिधि, समाजसेवी अभिभावक, सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, साधारणजनता सबैलाई प्रमुख अतिथि बनाएर दीप प्रज्जवलन गरि उदघाटन गरिएको छ ।
भवन निर्माण भइसक्दा करिव १ करोड ८१ लाख खर्च भएको सञ्चालक समितिको भनाई छ । भवन निर्माणका लागि आर्थिक वर्ष २०७१/०७२मा विश्वविद्यालय अनुदान आयोगबाट १२ लाख ५० हजार, जिल्ला विकास समिति मातहतबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दुई आर्थिक वर्षमा गरि २१ लाख ५४ हजार ५ सय ९७,शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट ३ लाख ७४ हजार ३ सय, गाउ विकास समितिको कार्यालयबाट १ लाख ५० हजार, युकेमा रहेका नेपालीहरुबाट १२ लाख ५० हजार ५ सय ५३, न्युजिल्याण्डका नेपालीहरुबाट १ लाख ५० हजार, सहयोग प्राप्त भएको थियो ।
क्याम्पसको भवन बनाउन अर्जुन मल्लले १४ लाख, हर्कबहादुर गुरुङले १४ लाख, शोभाखर खनालले १४ लाख, तुल्सीराम अर्यालले १४ लाख, बलबहादुर पुन/नरेश पुनबाट १४ लाख तथा मनकुमारी खरेलबाट ७ लाख बजेट सहयोग गरेर भवन निर्माण गरिएको छ । उहाँहरुले गरेको सहयोगबाट १४ लाख बराबर एक कक्षाकोठा निर्माण गरिएको समितिका उपाध्यक्ष तुल्सीराम अर्यालले बताउनुभएको छ। यसरी सहयोग गर्नुहुने सबै क्याम्पसका संस्थापक रहेका छन् ।
यस्तै क्याम्पसलाई बुर्तिबङमा रहेका तीन ओटा बोर्डिङ स्कुलले ६२ हजार ५ सय ५५ सहयोग गरेका छन् । जस अनुसार रिभरहेड ईन्टरनेशनल एकेडेमीले २५ हजार ५ सय ५५, जनता सेकेन्डरी बोर्डिङ स्कुलले २२ हजार र न्युमोर्डन एकेडेमी बुर्तिबाङले नगद १५ हजार रुपैयाँ संस्थागत सहयोग गरेका छन् ।
यो क्याम्पसमा ३ सय ५० भन्दा धेरै सहयोगदाताबाट करिव २ करोड सहायता जुटाएर १२ कोठे सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । स्थानिय सहयोगदाता तथा प्रवासी नेपालीबाट ५० रुपैयाँ देखि १६ लाख रुपैयाँसम्म सहयोग प्राप्त भएको क्याम्पसले जनाएको छ । क्याम्पससलाई प्रभु बैंकको केन्द्रीय कार्यालयबाट १ लाख तथा बैंकका फाउन्डर देवी प्रकास भट्टचनबाट २ लाख गरि ३ लाख सहयोग प्राप्त भएको छ ।
त्यस्तै सामाखुसी काठमाण्डौ निवासी ऋषि प्रसाद शेरचन, नकुल शेरचनले नगद १ लाख ५ हजार,माछापोखरी निवासी हिम्मत शेरचन,लिला बहादुर कुँवर ललितपुर निवासी मिलन तुलाचनले नगद २५/२५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ भने हिल प्रकाश शेरचनले २५ हजार ५ मकर बहादुर छन्त्यालले २५ हजार २० रुपैया र सुविर बहादुर कुँवरले १५ हजार ५ रुपैयाँ सहयोग गर्नुभएको बताईएको छ ।
क्याम्पस सञ्चालनको लागि आर्थिक सहयोग सकंलन अभियान अन्तर्गत पहिलोपटक बजारबाट १ सय ७ जनाबाट झण्डै २५ लाख सकंलन भएको थियो भने नेपालबाट युकेमा रहँदै आएका नेपालीहरुले समेत क्याम्पसलाई १४ लाख सहयोग गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend