साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी,फागुन ११।
नेकपा एमाले जलजला गाउँ कमिटीले आयोजना गरेको कार्यक्रता भेलामा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य प्रेम गलामी सहित डेढ सय जना एमालेमा प्रवेश गरेका छन् ।
त्यस्तै माओवादी केन्द्रका जिल्ला सदस्य झविन्द्र बुढाथोकी सहितका नेता तथा कार्यक्रतालाई नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्टले एमालेमा प्रवेश गर्ने सवैलाई दुई घण्टा लगाएर स्वागत गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनमोर्चा पार्टी परित्याग गरि ठुलो संख्यामा एमालेमा प्रवेश गरेका छन् ।
उनले आफु सिङ्घो एमालेको नेता भएकाले जलजला गाविसको विकासको लागी कुनै कन्जुस्याँइ नगर्ने बताए । साथै उनले गाउँ कमिटीलाई नव प्रवेशीहरुलाई संगठनमा एकताबद्ध बनाएर राख्न निर्देशन दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend