logo
  • शनिबार, असोज १० २०८३

बडिघाट खोलाको जोखिममा परेको भुवाचिदी बजारको अनुगमन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल गुल्मी,फागुन ११।
नेकपा एमालेका सचिव तथा साँसद गोकण बिष्टले गत बर्ष बडिघाट खोलाले कटान गरी बजारनै जोखिममा परेको कुर्घा ५ को भुवाचिदी बजारको अनुगमन गरेका छन् । उनले बजार नजिक क्षेति पु¥याएको स्थानमा अवलोकन गर्दै बर्षा अघिनै तटबन्द गर्ने कुनै न कुनै योजनाको लागी पहल गर्र्ने बताए । उनले बाढीले बजार जोखिममा पु¥याएको अवस्थाका बारेमा आफुलाई आज सम्म कसैले जानकारी नदिएको गुनासो गर्दै अन्तिम अवस्थामा भएपनि बाढीबाट सुरक्षित रहने उपाय खोजिने बताए । गएको बर्खामा बढिघाट खोलाको बहाव उच्च भएपछि भुवाचिदी बजारका झण्डै एक दर्जन घरहरु उच्च जोखिमा रहेको स्थानीय शिक्षक सुकदेव रिजालले बताए । गत बर्ष कुर्घा गाविस ९ की गीता तामाङको २० लाख बराबरको खेत, पुर्णलाल आचार्यको खेत खोलाले कटान गरेर लगेको थियो । त्यस्तै बाढि बस्तीमा पस्न थालेपछि हर्क थापा, राम प्रसाद खरेल, गोमा खत्री, नरहरी सापकोटा, नर बहादुर थापा, राम सुनार, गोपाल रायमाझी लगायतको घर जोखिममा परेको एमाले नेतृ कमला शर्माले बताइन् । अर्को बर्खामा आफुहरु बच्नकै लागी डाँडो खोज्दै हिड्नुपर्ने अवस्था आएको भन्दै नेता गोकर्ण बिष्टलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । स्थानीय अगुवा एवं सरोकारवाला सहितको टोलीले खोलाले बजार कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend