logo
  • शुक्रबार, साउन ८ २०८३

हातेमालो विद्यार्थी समुहको स्मारिका विमोचन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

नयाँ दिल्ली, भारत फागुन १०।
भारतको राजधानी नयाँ दिल्लीको लक्ष्मीनगरमा सी.ए. अध्यनरत नेपाली विधार्थीहरुको संगठन “हातेमालो नेपाली विद्यार्थी समुहद्वारा गत आइतबार १५ औं वार्षिक स्मारिका “The Voice Of Everest” विमोचन एवं वितरण कार्यक्रम सम्पन्न गरेको छ । लक्ष्मीनगर कै स्थानीय “टपर्स इन्स्टिट्युट (TOPPERS INSTITUTE)” को प्रांगणमा सम्पन्न गरिएको सो कार्यक्रमलाई मुलतः चार वटा खण्डमा विभाजन गरिएको थियो । प्रथम चरणमा समूहको विशेष वार्षिक स्मारिका विमोचन एवं वितरण गरिएको थियो। संस्थाका अध्यक्ष सरोज सापकोटाको प्रमुख आथित्यता,नेपाली दूतावासका शिक्षा एवं सांस्कृतिक सल्लाहकार कृष्ण राज पन्तको प्रमुख आथित्यता, वरिष्ठ चार्टड एकाउण्टेण्टद्वय श्री राज चावला (पूर्व अध्यक्ष NIRC of ICAI) एवं श्री हंश राज चुघ (पूर्व उपाध्यक्ष NIRC of ICAI)ज्यु हरुको विशेष आथित्यता एवं संस्थासंग सम्बन्धीत अन्य व्यक्ति र शुभचिन्तकहरूको आथित्यता र उपस्थिती बिच स्मारिका बिमोचन गराइएको जानकारी संस्थाका उपाध्यक्ष जगदिश्वर थापाले हामीलाई गराउनु भयो । हातेमालोको अनवरत यात्राको सूचक रहेको हालका मितिसम्म प्रकाशित भएका, सबै स्मारिकाहरुलाई संस्थाका पूर्व कार्यकारी सदस्य दिवाकर पाण्डेले अध्यक्ष सापकोटालाई हस्तान्तरण गरेका थिए ।

त्यस लगत्तै प्रशिक्षार्थीहरुका लागि “साक्षात्कार र समूह छलफलको (Interview & Group Discussion)“ कसरी सामना गर्ने रु” भन्ने महत्वपूर्ण विषयमा गोष्ठी पनि सम्पन्न गरिएको थियो । उक्त विषयमा माननीय सी. ए.  मनिष बब्बरले आफ्नो धारणा राख्नुभएको थियो । सोहि विषयमा चार्टर्ड एकाउन्टेंसी परीक्षाको CPT तथा IPCC दुवैमा ऑल इंडिया रैंक–१ प्राप्त गर्न सफल सी.ए. विद्यार्थी प्रणव प्रतिक तुल्स्यानले पनि आफ्ना अंतर्दृष्टि एवं विचार व्यक्त गर्नु भएको थियो ।

सो गोष्ठी पश्चात हातेमालो संस्थासंग धेरै समय देखि आबद्ध रही हातेमालोको उचाई एवं बिकासमा सक्रिय भूमिका खेल्नुभएका इच्छुक सी।ए एवं अन्य सदस्यहरुलाई “आजीवन सदस्यता प्रमाण पत्र” वितरण गरिएको थियो । यसका अतिरिक्त नोवेम्बेर २०१६ मा सी CPT ,IPCC एवं Final परीक्षामा उत्तिर्ण हुनुभएका भएका सबै विद्यार्थीहरुलाई सम्मान पत्र पनि वितरण गरिएको थियो।

कार्यक्रमको अन्तिम चरणमा ICAI संगको सहकार्यमा हातेमालोले गर्न लागेको १५ दिनको ‘Orientation Program Batch’ को पावती रसीद पनि वितरण गरिएको थियो । यसरी निकै खण्डहरु मा विभाजन गरि सम्पन्न सो कार्येक्रम निकै नै सभ्य तथा भव्य रुपमा समपन्न भएको जानकारी हातेमालोका वर्तमान सचिव सन्देश रुपाखेतीले गराउनु भएको थियो । निकै नै उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको सो कार्यक्रम प्रेरणात्मक र उत्कृष्ट रहेको सम्पुर्ण उपस्थितहरुको धारणा रहेको थियो ।

१५ औ अंकको स्मारिका संस्थाका सह(सचिव सौरब चौधरीको नेतृत्व तथा समन्वयतामा प्रकाशीत भएको थियो भने विमोचन समारोहको समन्वयताको नेतृत्व कार्यकारी सदस्य प्रनिता बर्माले गरेकी थिईन् । सो कार्यक्रमलाई रचनात्मक तरिकाले सम्पन्न गराउन अहम भूमिका खेल्नु हुने सबै आभारी मनहरु एवं सरोकारवालहरुप्रति संस्थाले धन्यवाद ज्ञापन गर्न चाहेको कुरा कार्यक्रमका उद्घोषक एवं संस्थाका कार्यकारी सदस्य विमलराज बरालले हामीलाई व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend