साझा नेटवर्क
प्रेम सुनार गुल्मी,फागुन १०।
नेपालको मेडिकल साईन्सलाई क्रिश्चन धर्मका एक जना गुरुको चमत्कारीले चुनौती दिएको छ । उक्त धर्मका गुरु मानिने रेभ अन्तर्राष्ट्रिय प्रवक्ता चेतबहादुर खरेल र उनको समुहको प्रवचनमा सहभागी भई यशु क्रिष्टलाई विश्वास गरे वषौं देखि अस्पताल धाएर लाखौं खर्चेर पनि निको हुन नसकेका विरामीहरुले जादुका रुपमा आफुलाई विमार निको भएको बताए पछि मेडिकल साईन्सलाई ठुलो चुनौती थपिएको हो ।
आज सदरमुकाम तम्घासको वालमन्दिरमा क्रिश्चनहरुको संस्था ख्रिटिय समाज गुल्मीकी ७ औं उत्सवका अवसरमा आयोजित बृहत सु–समाचारी संघाई महोत्सव २०७३ को मञ्चबाट कैयौ त्यस्ता विरामीहरु आफुलाई त्यसै मञ्चमा बस्दा बस्दै निको भयो भन्दै खुशीले उफ्रेको देख्दा कार्यक्रम स्थल वाहिर उभिएका मानिसहरु समेत चकित परेका थिए । रेसुङ्गा नगरपालिका अन्तरगर्त भुवनपानीकी ४१ व्र्षिया कमला खनाल कट्टर हिन्दुधर्मलम्वी महिला थिईन् । उनले गत पाँच वर्ष देखि हात खुट्टा नचेल्ने ,आङ खस्ने रोगले पिडित हुँदै आएको बताईन् ।
‘धेरै पटक काठमाण्डौ धाएँ , छोरा छोरीले ठुला ठुला डाक्टरलाई पनि जँचाए ’उनले भनिन–‘ औषधी पानीमा थुप्रै पैसा खर्च भयो तर रोग निको हुन सकेको थिएन आज ति गुरु संगै ध्यान गरेर वसेको केहि वेरमै ज्यान हलुङ्गो भयो ।’उनि खुशी हुँदै र हात फैलाउँदै मञ्चमा पुगेर आफुलाई पिडित पार्दै आएको विमार निको भएको उद््घोष गरिन् ।तपाई त व्राम्हण समुदायकी महिला तपाईको परिवारले क्रिश्च्यन बन्न देलान् ? भन्ने प्रश्नमा उनले दिए देउन नदिए नदेउन ज्यान भन्दा ठुलो अरु केहि छैन भन्ने जवाफ दिईन् ।त्यसको केहि वेरमा १० वर्ष देखि कान नसुन्ने रेसुङ्गा नगरपालिका ४ का ५३ वर्षिय छवे सुनार अचम्वीत र हर्षित हुँदै उठे। ए हजुर मैले त अलि अलि कान सुन्न थाले भन्दै उठे पछि त्यहाँ खटिएका स्वयम सेवकहरुले राम्ररी सोधे । पुरै सुन्न भएको छ कि छैन ? भनेर भने ।
उनले पुरै त सुनेको छैन तर पहिलाको भन्दा सुन्न थाले भनेर जवाफ दिए पछि उनलाई भोली सम्म यहि वसे निको हुन्छ भनेर स्वयसेवीहरुले ध्यान गर्ने स्थान मै वस्न लगाए । सुनारले आफु १० वर्ष अघि भिरवाट लडेर कान सुन्न छाडेको र धेरै पटक अस्पताल धाउँदा पनि कानको श्रवण शक्ती फर्किन नसकेको बताए ।केहि वेर पछि तम्घास वसपार्ककी सुमित्रा पुन उठिन र वाँया कान नसुनेको १० वर्ष पछि सुन्ने भएँ भन्दै मञ्चमा गएर उद्घोष गरिन् । यो समाचार लेख्ने वेला सम्म त्यस्ता सवै खाले विमारीहरु निको भयो भन्दै मञ्चमा जाने क्रम जारी छ ।
कार्यक्रम स्थल वाहिर खासै वास्ता नगरी बसेकाहरु प्नि भित्र पस्ने क्रम बढेको छ । दुई दिन सम्म चल्ने जादुई चमत्कार जस्तो मानिने चंगाई महोत्सवको भिड आज भन्दा भोली बढ्ने देखिएको छ ।मञ्चमा एक टोलीले आराधाना गरेको छ । वक्ता चेतबहादुर कुँवर कोही त्यस्ता विरामी हुनुहुन्छ ? जसलाई कुनै डाक्टरले ,कुनै वैद्यले वा कुनै धामी झाँक्रीले निको गाराउन नसकेका ? भन्दै उद्घोष गरी रहेका छन् । उनि भन्छन हामी अस्पताल मान्छौं ।
डाक्टर वैद्य, धामीझाँक्री पनि मान्छौं । हामी उहाँहरुलाई चुनौती दिन खोजेको होईन् ।धर्म परिवर्तन गराउन पनि खोजेका होईनौं मात्र के गराउन खोजेका हौं भन्ने हाम्रो विश्वास गरे डाक्टर ,वैद्य धामी झाँक्रीले निको गराउन नसकेका विरामी हामी ग्यारेण्टीका साथ निको गराई दिन्छौं । उनले हिड्न नसक्नेलाई हिड्ने बनाउने ।
वोल्न सुन्न नसक्नेलाई वोल्न सुन्न सक्ने बनाउने । प्यारालाईसिस् र क्यान्सर जस्ता ठुला र खर्चिला सवै खाले विमारको रामवाण औषधी प्रभुको विश्वास रहेको ठोकुवा गर्दछन् । उनले पटक पटक धर्म परिवर्तन गराउन त्यसो नगरिएको दोहराए । हिन्दुले ,मुस्लीम जस्ले पनि विश्वास गरेर निको बनाउन सक्ने उनको भनाई छ । सहभागी साराले आँखा ओछाएर प्रभुको ध्यान र किर्तन गरी रहेका छन् । गाउँ गाउँबाट बृद्ध बृद्धाहरु आएका छन् । तम्घासका केहि कट्टर हिन्दुधर्म लम्भी बृद्ध पनि सहभागी भएको देखियो ।
जिल्लाभरका क्रिश्चनहरु इति ठुलो संख्यामा एकै ठाउँ भेला भएको यो गुल्मीमा पहिलो हो । ‘धार्मिकताले राष्ट्रियता उचाल्छ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उनिहरुको कार्यक्रमले धार्मिक सहिष्णुताको सन्देश समेत दिएको छ । सवै नागरिकको धार्मिक स्वतन्त्रता हुनु पर्छ ,धर्म र राजनिती जोडिनु हुन्न भन्ने खालको सन्देश पनि ठुलो हिन्दु वाहुल्य रहेको गुल्मीमा उनिहरुले दिने प्रयास गरेका छन् । भोली पनि दिनै भरी चल्ने महोत्सवमा अन्यत्र निको हुन नसकेका विरामीहरुलाई आउनका लागि आयोजकले अपिल गरेका छन् ।
अन्तर्राष्ट्रि प्रवक्ता चेतबहदुर खरेल आफु पनि नसा सम्वन्धी रोगले ग्रस्त भएर कुनै समय थातै दिशा विसाव भएर विस्तरामा लडेका व्यक्ति थिए । उनका हात औंला अहिले पनि बाङ्गा छन् । तर उनि विश्सास गर्न थाले पछि अहिले हिड्न सक्ने र संशार भर पुगेर प्रवचन दिई अफु जस्तै रोगीहरुको उद्धार अभियानका अभियान्त बनेका छन्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend