logo
  • शुक्रबार, साउन ८ २०८३

गायक बैकुण्ठ महतको “मादल” चर्चामा (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी फागुन १०।
आजभोलि हुने मेला महोत्सवमा गायक बैकुण्ठ महतको “मादल” निकै चर्चामा रहेको छ । गायक महत जहाँ पुग्छन् त्यहा दर्शक श्रोतालाई मादल गित गाउछन् तव दर्शक श्रोता उनिसगै नाच्न रमाउछन् । केहि दिन अघि सार्वजनिक भएको लोक गित “मादल” एल्बमा यहिबेला सर्बत्र चर्चामा रहेको छ ।
लोक गितमा फरक फरक खालका स्वाद दिलाउदै आएका गायक महतको पछिल्लो एल्वम पनि फरक खालको गित रहेको छ । नेपाली कला सँस्कृतिको रक्षा सगै हाम्रा मौलिकता झल्काउने बजाहरुलाई यस गितले महात्व झल्काएको गायक महतको भनाई रहेको छ । हाम्रो समाजमा मालदलको निकै महत्व र बिशेषता रहेको छ । गायक महतले आफ्नो लोक गित एल्वम मादलमा सानो मादल र ठुलो मादलको स्वरका कुराहरु गितमा समाबेश गरेका छन् ।

गित सानो मादल घिताङ्ग घिताङ्ग, ठुलो मादल घुन्न मरि जाने जिन्दगीको केहि भरोसा नहुने गितमा समाबेश गरेका छन् । मरिजाने जिन्दगीको केहि हुन्न नाच्नु र गाउछु पर्छ भन्ने खालको कथा बस्तुमा गित तयार गरिएको महतले बताए । पहाड हिमालमा बस्ने मान्छेका संस्कृतिका कुराहरु पनि गित समाबेश गरेका छन् । मान्छे जाहा रहन्छौ त्यहि ठाउमा रमाउनु पर्छ कथा बस्तु गितमा रहेको छ ।

गायक महतले पछिल्लो समयमा गित संगित मार्फत समाजमा केहि सन्देस दिने खालका गितहरु पनि सार्बजनिक गर्दै आएका छन् । समाजमा घटेका घटनाहरुलाई समेटेर पनि केहि गितहरु सार्वजनिक गर्दै आएका छन् । उनले हालै बजारमा ल्याएको एल्वमा “मादल”चर्चामा छ । मादल गित सबै क्षेत्र वर्ग सगै सबै दर्शक श्रोतालाई मनजित्ने गित तयार भएकोले सबैको मन जित्ने गायक महतको भनाई रहेको छ ।

गायक महतको लय शब्द र स्वर रहेको एकल एल्वमा बब्बु थापा र पबित्र थापाको अभिनय रहेको छ भने गितको भिडियो निदेर्शन पनि बब्बु थापाकै रहेको छ । गित बिन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend