logo
  • शुक्रबार, साउन ८ २०८३

“सोचको उडान” नामक चलचित्र फेब्रुअरी २६मा प्रदर्शन हुने


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अर्जुन खनाल, नयाँ दिल्ली फागुन ९।
हामी सम्बवत कुनै न कुनै नाम चलेको हिरो हिरोइनको नयाँ फिल्म कहिले आउछ होला भनेर कुरेर आएपछि सबैभन्दा पहिला हेर्न पनि जान्छौ यो कुनै नौलो कुरा पक्कै पनि हैन ।

बिद्यार्थी जीवनमा जति ब्यस्त भएपनि कुनै न कुनै कार्य गर्नमा तल्लिन भने पक्कै हुन्छौ यो तितो सत्य हो । हामी आफ्नो कोर्सको अलवा अन्य काम गर्नमा माहिर छौ त्यो पनि ईन्जिनियर र सीए पढने विद्यार्थी । भारतको दिल्ली लक्ष्मीनगरमा बसेर सी ए अध्यनरत विद्यार्थीद्वारा सोँचको उडान नामक चलचित्र निर्माण गरेका छन् जुन २६ फरवरीको देखाईदै छ ।

राजन कंडेल,अभिषेक खकुरेल,समिया कार्की ,प्रियंका पाण्डे,हनी ताम्राकार,सुशांत पाठक,मौनता घिमिरे,भुवन पाण्डे,गणेश गुरुंग,भास्कर ओली,शिष् ओली, कृष्ण कार्की,कुमार पाण्डे,सुरेंद्र पाण्डे हेमन्त सापकोटा लगाएतले अभिनय गरेको यो चलचित्रमा विद्यार्थी जीवनका भोगाइहरु समेटिएको उनीहरु बताउछन ।

फिल्ममा नाम चलेका कोई पनि छैनन् सबै अध्यनरत युवा नै हुन् उनीहरु भन्छन कलाकार बन्न रुप हैन कला चाहिन्छ वाक्यलाई पुस्टि गर्न चाहन्छौ । खासमा फिल्मको रोचक प्रसंग भने देश तथा विदेशमा पढ़न जाने विद्यार्थीहरुको भोगाई, पीड़ा तथा मेहनत कथामा देखाइएको छ।

उक्त फिल्मलाई उनीहरुले अध्यान गरेकै एरिया अर्थात दिल्लीको लक्ष्मीनगर जसलाई सीए हब पनि भानिन्छ,२६ फरवरीको दिन दिउसो टपर्स ईन्सिटिउट् ललितापार्कमा २ बजे देखि देखाउने हेमन्त सापकोटाले बताएका छन् ।

१५० सुल्क रहेको उक्त फिल्म सबैजनाले एक पटक हेरेर सुझाब सल्लाह र प्रतिक्रिया दिई हौसल्ला बढाई दिन फिल्मी युनिटले आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend