साझा नेटवर्क
राजु पौडेल,दोहा कतार ।
“प्रबासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टि” मूल नारा बोकी खाडी मुलुक दोहा कतारमा सन् २००३ मा स्थापित सामाजिक सस्था मोना कतार हरेक पक्षबाट अग्र भागमा रहदै आएको सस्था हो । व्यक्तिगत भ्रमणको शिलशिलामा दोहा कतारमा रहनु भएका यसै सस्थाका महासचिब तिलु शर्मा पौडेलका माता पितालाई सस्थाले आइतबार साझ एक कार्यक्रमका बिच भेटघाट तथा सम्मान गरेको हो ।

सल्वा रोडमा अबस्थित निलिमा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आउनु भएका “माता पिता” ओबिन्द्र राज शर्मा र हरिकला शर्मा प्रमुख अतिथि रहनुभएको थियो । का.बा.अध्यक्ष किरण साहीको सभापतित्वमा समपन्न उक्त कार्यक्रममा सस्थाका सरक्षक बिक्रम कार्की तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका क्षेत्रीय सचिब रेसम शाही बिसेष अतिथि रहनु भएको थियो । सल्लाहकार हिमाल सुबेदीको स्वागत मन्तब्य बाट सुरु भएको भेटघाट तथा सम्मान कार्यक्रममा आफनो मन्तब्य राख्ने क्रममा सरक्षक कार्कीले खाडी रास्ट्रमा रहे पनि आफना बाबाआमालाई कतार सम्म घुमाउन ल्याउने तपाइँको छोराको मनले हामीलाई पनि केही पाठ सिकाएको र हामि एउटा सस्थामा संगै आबद्द छौ भन्दा पनि गर्ब लागेको भन्दै खुसि व्यक्त गर्नु भयो ।

खादा तथा दोसल्लाद्धारा सम्मान गरिएको उक्त कार्यक्रममा बोल्दै थोरै दुरीमा फरक छ हाम्रो घर तर प्रत्यक्ष्य भेट्ने मौका गाउमा नमिले पनि यो खाडिले बाबु आमा संग भेट गरायो यसको तारतम्य मिलाउने तपाइको सुपुत्रलाई धेरै धेरै धन्यबाद भन्दै क्षेत्रीय सचिब शाहीले बिबाहित मान्छेल पहिलो प्राथमिकता आफनो श्रीमती लाइ नै दिने गर्दछन यस्तो भ्रमणको लागि तर तपाइको सुपुत्रले बाबा आमालाई रोजेको देख्दा आफु अति प्रफुल्लित रहेको भन्दै बाकि कतार बसाइ तथा आगामी यात्रा सुखमय होस् भन्ने कामना गर्नु भयो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि द्धय शर्माले ६० बर्ष काटे पछी यति बिकशित मुलुकमा आफुले पाइला राख्न पाएकोमा खुसि व्यक्त गर्नु भयो । आफनो देश भन्दा कयौ गुणा बिकशित रास्ट्रमा रहिरहदा र नेपालमा हुदा सुने भन्दा फरक अनुभूति आफुले कतारमा महसुस गरेको छु उहाको भनाइ थियो ।

दुखि पिडितलाई सहयोग नै गर्ने उदेस्यले खोलिएको यस सस्थाले हामीहरुलाई बोलाएर यति धेरै माया र सम्मान प्रदान गर्नु भएकोमा यस सस्था र सम्पूर्ण प्रबासी म्याग्देलीहरु प्रति आफु ऋणी भएको तर अति खुसि लागेको भन्दै सधै सामाजिक काममा सक्रीय रहन र सबै एक आपसमा भाइचारामा रहि सस्थालाई टप बनाइ अघि बढ्न सुभकामना दिदै मोना कतार प्रति हार्दिक आभार व्यक्त गर्नु भयो । कार्य समितिका उल्लेख्य सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाइ समापन गर्दै सभापति शाहीले एकै गाउका हामि परदेशमा यसरि भेट हुन् पाउदा आफुलाई घरमै भएको महसुश भै रहेको भन्दै उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रम सस्थाका सचिब राजु पौडेलको संचालनमा समपन्न भएको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend