logo
  • शनिबार, असोज १० २०८३

पत्रकार महासंघ रुपन्देहीको नव निर्वाचित कार्यसमिती सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, बुटवल फागुन ९ ।
सिद्धबाबा मन्दिर विकास समितीले नेपाल पत्रकार महासंघ रुपन्देहीको नव निर्वाचित कार्यसमितीलाई सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी भागवत भाष्कर पण्डित कमलनयन गौतमले महासंघका कार्यसमितीलाई खादा ओडाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै गौतमले सिद्ध संग सम्बन्धित सिद्धबाबा मन्दिरको विकासका लागि सबैले आ आफ्नो क्षेत्रबाट पहल गरे सफल हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा परोपकार महासंघका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले सिद्धबाबा मन्दिर व्यवस्थापनका लागि समितीले गरेको कार्य सम्मान योग्य भएकाले यस्ता कार्यमा आफ्नो संस्थाले सक्दो सहयोग गरिरहने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका नव निर्वाचित अध्यक्ष यानेन्द्र जिसीले समितीले गरेको सम्मानको कदर गर्दै पत्रकारहरुले सिद्धबाबा मन्दिरको विषयमा कलम चलाईरहेका र अझै पनि कलम र संचारको माध्यमलाई तिब्र बनाएर मन्दिर विकासमा सहयोग गर्ने प्रतिबद्धता राख्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल लगायत अन्य अतिथीहरुले सिद्धबाबा मन्दिर विकास समितीको माघमा निर्वाचित नयां कार्यसमितीले सुरुवाती दिनमै गरेका राम्रा कामको प्रशंसा गर्दै अझै व्यवस्थित बनाउनका लागि हर क्षेत्रबाट सहयोग आवश्यक रहेकाले त्यसतर्फ ध्यान दिन र मन्दिर विकासका लागि आफूहरुले गर्न सक्ने सहयोग सदैव रहने भनाई राखेका थिए । मन्दिर विकास समितीका अध्यक्ष दल बहादुर गुरुङले आफ्नो कार्यसमितीले मन्दिर व्यवस्थापनका लागि हर दिन पहल गरिरहेको भन्दै आगामी दिनमा अझै सबैतिरको सहयोग पाए मन्दिरको पुन निर्माण गरी सुधिायुक्त बनाउन सकिने बताउनुभयो ।

अभ्यक्ष गुरुङले पत्रकार महासंघको निर्वाचित कार्यसमितीलाई बधाई दिंदै पत्रकारहरुको सहयोग भइरहेको र अझै बढी सहयोगको अपेक्षा मन्दिर समितीले गरेको बताउनुभयो । साथै आगामी वर्षबाट सिद्धबाबा मन्दिर विकासको पहल का लागि कलम चलाउने पत्रकारलाई रु ३,३३३ रुपैयां बराबरको पत्रकारिता पुरस्कार स्थापना गर्ने आफरुको लक्ष्य हेको समत जानकारी दिनुभयो । मन्दिर विका।स समितीका उपाध्यक्ष सन्तोष शेरचनको स्वागतमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव अमरसिंह प्रधानले गर्नुभएको यिो ।

सो अवसरमा मन्दिर विकास समितीले आउंदै गरेको महान् पर्व शिवरात्रीको अवसरमा सम्पूर्ण भक्तजनहरुलाई उपस्थितीका लागि निमन्त्रणा समेत दिएको छ । उक्त दिन भक्तजनहरुलाई सहज तरिकाले पूजा गर्ने वातावरण मिलाउन, सुरक्षा क्षेत्रबाट सुरक्षा गर्न र केही दुर्घटना घटेमा आवश्यक उपचार तत्काल गर्न समेत आफूहरुले तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend