logo
  • शनिबार, भाद्र २० २०८३

ओखलढुंगा समाजद्वारा क्यान्सर र मृगौंला पडितलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

पदम श्रेष्ठ, कतार ।
ओखलढुंगा जिल्ला गाम्नाङटार गाविस स्थाई घर भई बिगत ८ वर्षदेखि कतारको एक कम्पनीमा कार्यरत यस ओखलढुंगा सेवा समाज कतारका सदस्य रहेका काजी ब. श्रेष्ठलाई आन्द्राको क्यान्सर भै हाल कतारमा उपचाररत रहेकोमा ओखलढुंगा सेवा समाज कतारले ४,२७७ (चार हजार दुइ सय सतहत्तर) कतारी रियाल आर्थिक सहयोग गरेको छ ।विगत १४ महिनादेखि क्यान्सर रोगबाट पीडित काजी श्रेष्ठको सुरुमा ठुलो आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो र त्यसको सफलता पूर्वक उपचार गरिएको थियो । ठुलो आन्द्राको उपचारको लागि कतार स्थित हमद हस्पिटलमा शल्याकृया मार्फत ठुलो आन्द्रा परिवर्तन गरी दिशा निकाल्न अगाडि पेटमा प्वाल बनाइएको थियो । उक्त सल्याकृया पश्चात दिशा आउने आन्द्रा पुन मलद्वारमा जोड्ने क्रममा आमशय (stomach) मा अर्को क्यान्सर भएको पुष्टी भएसंगै हाल आमशयको क्यान्सरको उपचार भै रहेको छ।

जसको लागि १२ वटा केमोथेरापी गर्नुपर्ने कुरा हमद हस्पिटलले जनाएको छ । हालसम्म ७ वटा केमोथेरापी सफल भैसकेको छ भने अब ५ वटा केमोथेरापी गर्न बाकी रहेको बताए ।उहाँको उपचारका लागि सुरुमा कार्यरत कम्पनीले ब्योहोरे धेरै समयसम्म उपचार गराउन नसक्ने र घर पठाउने भने पश्चात चिकत्सकसंग सल्लाह गर्दा सबै केमोथेरापी सकेर मात्र जान सकिने बताएपछि अस्पतालको पत्रको साथमा कार्यरत कम्पनीलाई वाध्यता अनुरोध गर्दा बस्न दिने तर तलब नदिने सर्तमा हाल कम्पनी कै क्याम्पमा बस्दै आएका छन् ।

ततपश्चात बासको व्यवस्था त भयो तर एक पटकको उपचार खर्च कम्तिमा पनि १,२०० कतारी रियाल भन्दा बढी लाग्ने भएपछि आर्थिक सहयोगका लागि ओखलढुंगा सेवा समाज कतारमा सहयोगका लागि आग्रह गरे पश्चात ओखलढुंगा सेवा समाज कतारको बैंठकले सदस्य पदम श्रेष्ठको संयोजकत्वमा सयहोग संकलन समिति गठन गरी संकलित रकमलाई दुई चरण गरी उक्त रकम निज काजी श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

उक्त समितिले सकेसम्म अझै पनि उहाँको उपचारर्थ सहयोग संकल गर्ने प्रयासमा जुटिरहेको हुँदा सहयोग गर्न चाहनुहुने जो कोहीले पनि संयोजक पदम श्रेष्ठ ५५१०८८४८ र समाजका अध्यक्ष अशोक सिङ्दन ६६०५५०७१ लाई सिधा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ । ओखलढुंगा सेवा समाज कतारले सहयोगका लागि अपिल गरेको छ ।

त्यसैगरी समाजले ओखलढुंगा जिल्ला बर्णालु-१ हाल सिद्धिचरण नगरपालिक सानीटार निवासी पोकल कुमारी दाहाल जो गरिबीको चपेटामा त छदै थियो, त्यसमाथी भूकम्पले घर विहिन बनाईदिए ! त्यतीमात्र कहाँ होर आफ्नो दुवै मृगौंलाले काम गर्न छोडेपछि ५ वटी साना साना छोरीहरुलाई टहरामा छोडेर हाल श्रीमानको साथमा भक्तपुरमा डेरा लिई डाक्टरको सल्लाह अनुसार जसोतसो अस्पातल धाईररहेका छन् ।

पोकल कुमारीकी ७० बर्षिय आमा आफ्नो छोरीको खुशीका दिनहरु फर्काउन सकिन्छ कि भन्ने झिनो आशा लिएर आफ्नै मृगौंला दिने तयारीमा भए पनि प्रत्यारोपणका लागि लाग्ने आवश्यक रकम नहुँदा देश विदेशमा रहने आफ्ना आफन्तलाई हारगुहार गरिरहनुभएको जानकारी प्राप्त भएसंगै ओखलढुंगा सेवा समाज कतारले समाजका सदस्य बेद प्रसाद दाहालको संयोजकत्वमा संकलित ४०,८०५ (चालिस हजार आठसय पाँच) रुपैंया ओसेस कतारका पूर्व अध्यक्ष तथा ओसेस नेपालका वर्तमान अध्यक्ष नवराज श्रेष्ठ, उपाध्यक्ष पदम पाख्रिन, ओसेस कतारका एम्बुलेन्स अभियानका संयोजक तथा पूर्व सल्लाहकार राजन घले साथै समाजसेवी राजेन्द्र गुरुङको प्रत्यक्ष उपस्थितिमा उक्त सहयोग रकम फाल्गुन ८ गते फरवरी १९ का दिन निजकै बासस्थानमा गई हस्तान्तरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend