logo
  • शुक्रबार, असोज ९ २०८३

बैकुण्ठ महतको गीति एल्बम “मादल” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं फागुन ९ ।
सामाजिक यथार्थ र मौलिकतालाइ विशेष ध्यानमा राखेर बजार र स्रोतको माग अनुरुप गित संगीत बजारमा निकाल्न सिपालु बैकुण्ठ महतले फेरी पनि दर्शक श्रोताहरुलको प्रतिक्षालाई पुर्णबिराम लगाउदै अर्को बहुचर्चित गित “मादल” सार्वजनिक गरेका छन् ।
गुल्मी जिल्लामा जन्मिएका गायक तथा सर्जक बैकुण्ठ महतले मादल मोह देखाएका छन् ।सिर्जना र गायनको पाटोमा स्थापित भईसकेका महतले मादल जिन्दगीसंग जोडेर रमाईलो जिन्दगीका लागि ‘मादल’ अघि सारेका छन् । पछिल्लो समय ‘मादल’ निर्माण र प्रयोग कम हुदै गएको अवस्थामा मादल मोह कान्छा पुस्तामा जगाउन पनि ‘मादल’ लाई रोजेको हुन सक्ने बुझाई छ ।

विन्ध्यवासिनी म्युजिक प्रा.लि.बाट बजारमा सार्बजनिक गरिएको गीत ‘मादल’ कै प्रचारमा देखिएका महतले अडियो गीत केहि हप्ता अघि सार्वजनिक गरेका थिए भने भिडियो आज मात्रै सार्वजनिक गरिएको हो । उक्त गितमा शब्द, स्वर र संगीत बैकुण्ठ महतले नै भरेका छन । बब्बु थापाको निर्देशनमा तयार पारिएको भिडियोमा बब्बु थापा र पबित्रा थापाले अभिनय गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend