साझा नेटवर्क
गोविन्द भण्डारी, अछाम फागुन ८।
अछाममा नेकपा एमालेको चार महिने जनपरिचालन अभियान अन्र्तगत आज ईलाका नं. १३ को तुर्माखादमा ईलाका अबिधेशन सम्पन्न भएको छ । र्ईलाका अध्यक्ष बल बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवँर रहनु भएको थियो ।
प्रमुख अतिथि कुवँरले नकपा एमाले जनताको पाटी भएकाले अछामका हरेक समस्या समाधानमा काध दिएको बताउु भयो ।पूर्व सभाषद समेत रहेका प्रमुख अतिथि कुवँरले सबै क्षेत्र जातजाति समुहको सम्रग विकासका लागि जिल्ला देखि केन्द्र सम्म पहल गरिएको दावि गर्नु भयो । यस्तै विशिष्ट अतिथि सभाषद भरत साउदले नेकपा एमाले देश बचाउन लागेको भन्दै राष्टविरुद्ध लागेकालाई जनताले नै पराजित गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सदस्य कमल तिमिल्सेना,वम विसी, एमाले उपाध्यक्ष नन्द वहादुर कडायत,एमाले जिल्ला सचिव यज्ञ वोगटी,संगठन विभाग प्रमुख पदम वोहरा, प्रचार विभाग प्रमुख भम जनाला,सचिवालय सदस्य प्रकाश शाह, नवराज साउद,प्रदेश सम्पर्क कमिटी सदस्य भीम रावल,जिल्ला कमिटी सदस्य पदम बुढा,दिप बहादुर शाही,एमाले नेता योगेन्द्र विष्ट,दलित प्रतिनिधि गोपाल भुसाल लगायतका अथितीहरु मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन अनेरास्ववियूका जिल्ला प्रचार प्रमुख कमल ओलीले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend