साझा नेटवर्क
गोविन्द भण्डारी, अछाम फागुन ८।
दार्चुला जिल्लामा पहिलो पटक हुन लागेको ऐतिहासिक दार्चुला पर्यटन महोत्सवको तयारी तिब्र भइरहेको छ । चैत्र ५ गतेदेखि १२ गते सम्म सञ्चालन गरिको दार्चुला पर्यटन महोत्सव २०७३ को विभिन्न तयारी तीव्र पारिएको उद्योग वाणिज्य संघ दार्चुलाले जनाएको छ ।
उद्योगा वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिह थापाको अध्यक्षतामा हिजो बसेको वैठकले दार्चुला उद्योग वाणिज्य संघको मुल आयोजनामा संचालन हुन गइरहेको सुदुरपश्यिमाञ्चल क्षेत्रिय व्यापार मेला तथा दार्चुला पर्यटन महोत्सवका लागि आर्थिक कारोबार गर्न बताए ।
राष्ट्रिय वाणिज्य बैङ्क दार्चुलामा महोत्सवको नामले उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापा र आर्थिक समितिका संयोजक गेल्बुसिह बोहराको सयुक्त हस्ताक्षरबाट खाता खोल्ने निर्णय र हालसम्म दार्चुला पर्यटन महोत्सवका लागि संकलन भएको आर्थिक प्रगती बारे सम्पुर्ण कार्यसमितिलाई जानकारी गराएको दार्चुला उद्योग वाणिज्य संघका महासचिव विसन सिंह बोहराले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend