logo
  • शनिबार, भाद्र २० २०८३

बैतडीका स्वास्थ्यकर्मी पनि आन्दोलित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

गोविन्द भण्डारी,अछाम फागुन ८।
बैतडीका स्वास्थ्यकर्मी पनि आन्दोलित बैतडीमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । पद अनुसारको जिम्मेवारी पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनरत स्वास्थ्यकर्मीहरुको हिजो बसेको बैठकले आजदेखि स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने सबै कार्यक्रमलाई बहिष्कार गर्ने, कार्यरत स्वास्थ्य संस्थाहरुमा काम नगर्ने,यही फागुन २१, २२ र २३ गते सञ्चालन हुने हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम अन्तर्गतका सबै क्रियाकलापहरु बहिष्कार गर्ने पदस्थापन संघर्ष समितिका सदस्य नैनसिह कार्कीले जानकारी दिनुभयो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी गर्ने,धर्ना दिने लगायतका कार्यक्रमहरु तय गरिएका राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य भुवन जोशीले जानकारी दिनुभयो । लामो समयदेखि आफूहरु आन्दोलनमा रहेपनि आफ्ना माग पूरा नभएकाले सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend