logo
  • शनिबार, साउन ३० २०८३

आकस्मिक कोष स्थापनार्थ बनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

महेश कार्की, कतार ।
सुदुरपस्चिम सेवा समाज कतारको आयोजनामा आकस्मिक कोष स्थापनार्थ बनभोज तथा सास्कृतिक कार्यक्रम शुक्रबारका दिन भब्य र सब्य रुपमा सप्पन्न भएको छ।
सस्था का अध्यक्ष अमृत शाही को सभापतित्व मा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथिमा सस्था का संरक्षक तथा एन, आर,एन एनसिसि सल्लाहकार नरेन्द्र भाट रहनु भएको थियो भने एन, आर,एन एनसिसि कतारका उपाध्यक्ष नवीन पोख्रेल, समाजसेवी तथा व्यावसायी माया केसि,नेपाल लोकदोहोरी प्रज्ञा प्रतिस्ठान तथा ठकुरी सहयोग संजालका मानर्थ सदस्य तथा बसन्त फिल्म प्रालि का डाइरेक्टर ईश्वर काफ्ले, सस्थाका सल्लाहकार महेश जोशी, जयराज बिस्ट, अन्तर्राष्ट्रिय सु प सेवा समाज सदस्य तथा सु प सेवा समाज कतारका सल्लाहकार धन बहादुर बलायर सस्था का सल्लाहकार प्रेम चलाउने , बिशेश अतिथी रहनु भएको थियो।५०० जना भन्दा धेरै दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा जन सम्पर्क समिति कतारका सभापति केशव भुसाल, ठकुरी सहयोग संजालका अध्यक्ष श्रीराम मल्ल, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्ली राम भट्टराई,गोरखा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, कास्की आदर्श सेवा समाजका अध्यक्ष मानप्रसाद राना, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, ओखलढुंगा सेवा समाजका अध्यक्ष असोक सिङ्गदन, प्युठान सेवा समाजका अध्यक्ष मान बहादुर केसी, लमजुङ सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ, रोल्पा जलजला सेवा समाजका अध्यक्ष वसन्त थापा, समाजसेबी बिक्की बि क समाजसेबि कृष्ण बराल लगायत कतारमा सस्थापित विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु अतिथि रहेका थिए ।
कार्यक्रम ब्यानर र दीप प्रजलन उदघाटन गरेर संचालन भएको कार्यक्रमको शुभकामना मन्तव्य कार्यक्रम संयोजक गोरख चन्दले दिनु भएको थोयो भने दोहा कतारका बिभिन संघ सस्थाका कलाकार सहित सु प सेवा समाज कतारका कलाकारहरुले सुपको सस्कृती लाई झल्काउने खालका विभिन्न रोचक प्रस्तुति देखाएका थिए । कार्यक्रममा उपस्थिती भएका सबैजना पाइला मिलाउदै डेउडा गित गाउदै रमाइलो गरिरहेका थिए ।

कार्यक्रममा बोल्ले सबै जनाले सु प सेवा समाजले गरेको काम एकदमै साहानिय रहेको कुरामा जोड दिदै आगामी दिनमा पनि सस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। कार्यक्रममा सस्थालाइ स्थापना देखि याहासम्म ल्याइ पुगाउन अहम भुमिका खेलेकोमा कार्यसमितीले संरक्षक नरेन्द्र भाट, सल्लाहकार महेश जोशी, सल्लाहकार धन बहादुर बलाएर, सल्लाहकार जयराज बिस्ट, सल्लाहकार प्रेम चलाउने ज्युलाई अभिनन्दन गरेको थियो यस्तै बसन्त फिल्म प्राली कि प्रमुख सल्लाहकार तथा समाजसेबी माया केशी, समाज सेबि बिप्ती बि.क.लाई दोसल्ला सहित पुष्प गुच्छाका साथ स-सम्मान गरेको थियो ।

कार्यक्रमका सभापति अमृत शाहीले कार्यक्रमलाई सफल पार्न अहोरात्र खटिने र निमन्त्रणालाई सहज स्विकार्दै उपस्थिति भएका सबै जनालाई धन्यवाद दिदै समापन गरिएको कार्यक्रमको संचालन सस्थाका महासचिव महेश कार्की र सचिवालय सदस्य गणेश तिरुवाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend