logo
  • शनिबार, साउन ३० २०८३

सोमबार सरकारले चुनावको मिति घोषणा गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, फागुन ८ ।
सरकारले भोली चुनावको मिति घोषणा गर्ने भएको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबिच आज बिहान बालुवाटारमा भएको छलफलमा भोली मिति घोषणा गर्ने सहमति भएको हो । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ ।
यस्तै सरकारले आज बेलुकी प्रमुख विपक्षी एमाले, मधेसी मोर्चा र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँग सरकारले छलफल गर्दैछ । मोर्चा सहमतिमा नआएपनि सोमबार मिति घोषणा गर्ने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र चुनावको मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया अघि बढाउन पनि सहमत भएका छन् ।

बैठकमा दुवै दलका शीर्ष नेता संविधान संशोधनका लागि प्रतिवद्ध रहेको भएपनि संविधान संशोधनको काम सकेर मात्र चुनावको मिति घोषणा गर्दा ढिलो हुने भएकाले मिति घोषणा गर्ने र संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा मोटामोटी सहमतिमा पुगेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै प्रवक्ता पम्फा भुसालले मिति घोषणा अघि स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन स्वीकार गरिने बताईन । दुई दलको बैठकपछि प्रधानमन्त्री दाहालले आज बेलुका नेकपा एमाले, मधेशी मोर्चा तथा राज्य पुनर्संरचना आयोगका पदाधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend