logo
  • शनिबार, भाद्र २० २०८३

दिदी बहिनी सहकारी खर्वाङको अध्यक्षमा पुनः अधिकारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

विमल नेपाली, बाग्लुङ फागुन ८ ।
दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुम्डाँडा ७ खर्वाङ बाग्लुङको छैठौ साधारण सभा तथा दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले शान्ति अधिकारीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेका छ ।
समितिको उपाध्यक्षमा विष्णुमाया अर्याल, सचिवमा विना थापा, सह सचिवमा राधिका खरेल, कोषाध्यक्षमा देउमाया राना, सदस्यहरुमा कलावती धिताल, उमा थापा, रुंमा वन, कल्पना परियार, भाविना बलामी, गिता पोखरेल, भगवती अर्याल र पुष्पा थापा रहनुभएको छ । त्यस्तै शनिबार नै गठित लेखा समितिमा चमेला अर्याल, अनु बुढाथोकी र तारा राना रहनुभएको छ ।
कार्यक्रममा दगातुम्डाँडा गाविस सचिव एवम अध्यक्ष गीता पौडेल, सक्न्यार सहकारी संघ बाग्लुङका उपाध्यक्ष विष्णु भुषाल, नेपाली काङग्रेसका गन बहादुर श्रीस, नेकपा एमालेका रेम बहादुर भुजेल, रेडियो सारथीका समाचार प्रमुख कमल पौडेल, नवप्रतिभा बचत तथा ऋण सहकारीका अध्यक्ष होमनाथ अर्याल, त्रिभुवन मावि खर्वाङका सहायक प्राचार्य कृष्णप्रसाख पोखरेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव विना थापाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कोपिला अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष शान्ति कुमारी अधिकारीको अध्यक्षता, उपाध्यक्ष विना थापाको स्वागत एवम सचिव विना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend