logo
  • शनिबार, भाद्र २० २०८३

एक परिवारले सयौं परिवारको स्वास्थ्य उपचार गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी फागुन ८।
गुल्मी सदरमुकाम तम्घासको एक परिवारले वर्षेनी यस जिल्लाका सयौं परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्दै आएको छ । तम्घास हुलाक रोडका मानबहादुर श्रेष्ठको परिवारले वर्षेनी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी जिल्लाका सयौं जना विरामीहरुको निशुल्क औषधी उपचार गर्दै आएका हुन् ।
विगतमा जस्तै श्रेष्ठ परिवारले यस वर्ष पनि फागुन ७ देखि ८ गते सम्म जिल्ला स्वास्थ्य कार्यालयको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

विदेशको कमाई जिल्लावासीको सेवामा

मानबहादुर श्रेष्ठ विगतमा कपडा व्यापारी थिए । उनले तम्घासमा कपडाको व्यापार गरेर छोराहरुलाई उच्च शिक्षा हाँसिल गराए । छोराहरु क्रमशः वैदेशिक रोजगारमा लागे । जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ अमेरिका पुगे , लगत्तै अर्का छोरा हिरन्यराज र विरेन्द्र पनि अमेरिका नै पुगे ।

माईला छोरा नरेन्द्रराज स्वेश मै भए पनि राम्रै कमाई गर्ने छोरा बने । मानबहादुरले विशेषतः अमेरिकामा रहने छोराहरुबाट मानविय सेवा गर्ने अवसर पाए । छोराहरुले पिता र माताको नाममा मानबहादु एण्ड मायादेवि फाउडेशन नेपाल नामक संस्था दर्ता गरे ।

सोही संस्थाको नाममा वर्षेनी निः शुल्क स्वास्थ्य शिविर संञ्चालन गरिनुका साथै विपतमा परेका र विपन्न वर्गका जनतालाई राहत पुराउने कार्यमा उक्त संस्थाले सक्रियता बढाउँदै आएको छ । भुकम्प पिडित देखि यस वर्ष जिल्लाभरका अग्नी पिडितहरुलाई सो संस्थाले राहत वितरण गरेको थियो ।

त्यहाँ निर्माण, धार्मिक सभा समारोह पनि फाउन्डेशनले गर्दै आएको छ । शानिवार पहिलो दिन ३ सय २० जनाले निशुल्क स्वास्थ्य उपचार गराएको र भोली त्यसको दोव्वर संख्याले स्वास्थ्य उपचार पाउने शिविरको मुख्य समन्वयकर्ता तथा सहयोगी संस्था लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मी शाखाका अध्यक्ष जनक पन्तले बताए ।

प्रतिष्ठानका अलवा शिविरमा एनएसएमडी नामक संस्था, रेसुङ्गा युवा क्लव तम्घास, जिल्ला अस्पताल , लेकवेसी आमा समुह तम्घासा , जिल्ला प्रहरी कार्यालय , शसस्त्र प्रहरी वल गुल्मी र नेपाल कलेज अफ वेस्ट फिजिसियन नामक संस्था स्वयम सेवी संस्थाका रुपमा क्रियाशिल रहेका छन् ।

हालै अमेरिकाबाट आएका जेठा छोरा ज्ञानेश्वर श्रेष्ठ आजै पुर्खेयौली घर अर्घाखाँचीको अर्घातोषमा पनि निःशुल्क स्वास्थ्य शिविर राखेर त्यहाँ अनुगमनमा गएको र आफुले गुल्मी जिल्लावासीको स्वास्थ्य शिविरमा खटिन पाउँदै आसाध्यै सन्तोष लागेको वावु मानबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend