साझा नेटवर्क
प्रेम सुनार, गुल्मी फागुन ७ ।
वचत तथा ऋण सहकासी संघ लिमिटेड गुल्मीको नवौं वार्षिक साधरण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ , । जिल्लाभरका ७२ वटा सहकारी संस्था मध्ये २१ व्वटा सहकारी संस्था आवद्ध रहेको संघमा शेयर पुँजी २ लाख १० हजार , बचत बाँकी ४ लाख ७१ ह्हजार ३ सय ७६ , नगद बाँकी ९ हजार ९ सय २७ र बैंकमा बाँकी ५ लाख ८२ हजार ७ सय ७२ हजार वरावरको आय व्याव लेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
संघले आर्थिक वर्ष २०७२/०आय व्या ७ लाख ९१े ह्हजार २ सय १९ रुपैयाँ वरावरको आय व्याय विवरण साधरण सभामा पेश गरेको थियो । साधरण सभाको सहकारी डिभिवजन कार्यालय पाल्पाका डिभिजन प्रमुख कृष्णबहादुर बोहराले उद्घाटन गरेका थिए । प्रमुख अतिथी वोहरकाका अलवा डिभिजनन कार्यालयका सहकारी निरीक्षक नारायण प्रसाद न्यौपाने , अर्का अधिकृत कृष्ण खाती , ऋण तथा वचत संघका सञ्चालक रामलाल पाण्डेय , केन्द्रिय मौरी पालन संघका सदस्य चेतमान कुँवर लगायको विशेष आतिथ्यता रहेको थियो ।
संघका अध्यक्ष यमबहादुर थापको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सञ्चाक श्यामकुमार पाण्डेको स्वागत मन्तव्य र सचिव राधा पन्थीको सञ्चालन रहेको थियो । उद्घाटन सत्रको समापन पछि बसेको बन्द सत्रले जिल्लाको अगुवा महिला सहकारीकर्मी राधा पन्थीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा श्यामकुमार पाण्डे , सचिवमा टंक पन्थी , कोषाध्यक्षमा ऋषिराम अर्याल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तोयरायण ज्ञवाली , अमरबहादुर कुँवर र पदमलाल पाण्डेय चयन भएका छन् । त्यस्तै श्यामलाल कुँवरको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा गणेश अधिकारी र गणेश श्रेष्ठ चयन भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend