logo
  • शनिबार, साउन ३० २०८३

माओवादी केन्द्र नेटाको सम्मेलन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी फागुन ७ ।
नेकपा माओवादी केन्द्र गुल्मी नेटाको वडा सम्मेलन सम्पन्न भएको छ । मालिका गाउँ पालिका अन्तर्गत वडा नम्वर १ मा पर्ने साविकको नेटा गाविसमा सो पार्टीका जिल्ला संयोजक विरबहादुर कार्कीं (चाहल)को प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको जनाईएको छ ।
सम्मेलनले नेटा वडा कमिटीको अध्यक्षमा महेन्द्र बिकलाई सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा जितबहादुर सुनार , सचिवमा रुद्रबहादुर पुन , कोषाध्यक्षमा छमी बिक र सह–सचिवमा गोपाल बिकलाई चयन गरेको छ । वडा कमिटी २१ सदस्यीय बनाईएको र सन्तबहादुर बिकको संयोजकत्वमा १३ सदस्यीय वडा सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष महेन्द्र बिकले जानकारी दिए ।

उनका अनुसार वाईसियल नेटा वडा कमिटी ताराबहादुर बिकको संयोजकत्वमा ४९ सदस्यीय गठन भएको छ । नेटाका निवर्तमान गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जितबहादुर विकको स्वागत मन्तव्य र गोपाल बिकको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend