logo
  • शनिबार, असोज १० २०८३

प्रथम निर्वाचन दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइयो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कुसुम नेपाली, गुल्मी फागुन ७ ।
प्रथम निर्वाचन दिबस गुल्मीमा पनि शनिबार मनाईएको छ । दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यलय गुल्मीको आयोजनामा लोकतन्त्र र निर्वाचन बिषयक सरोकारवालाहरु संगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गुल्मीमा प्रथम निर्वाचन दिवस यसरी मनाउनु राम्रो भएको र दिवस मनाईरहदा निर्वाचनको वातावरण सृजना भएको समेत सहभागीहरुले जनाएका छन् । अव नेपालमा आगामी माघ सम्ममा ३ वटै तहको निर्वाचन गर्नु पर्ने भएकाले पनि यस कार्यक्रमले निर्वाचनको वातावरण सृजना गरेको सहभागीहरुले जनाएको छन् ।

कार्यक्रममा जिल्ला स्थित राजनैतीक दलका प्रमुख तथा प्रतिनिधीहरु सरोकारवालाहरु, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम प्रमुख जिल्ला आधिकारी कृण्ण प्रसाद ढुड.गनाको अध्यक्षातामा माननीय जिल्ला न्यायधिस मातृका प्रसाद मरासीनिको प्रमुख आतिथ्यतामा कार्यक्रको संचालन लक्ष्मण पाण्डेले गर्नु भएको थियो ।

नेपालमा पहिलो आमचुनाव गरिएको दिनको सम्झनामा यो दिवस मनाइएको हो । अबदेखि वर्षेनी फागुन ७ गते निर्वाचन दिवस मनाइने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend