साझा नेटवर्क
ध्रुब क्षेत्री, दोहा फाल्गुन ७ ।
नयाँ शक्ती नेपाल पार्टीको प्रादेशिक अन्गिग संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँशक्ती कतार) ले कतारको सनैया ४१ स्थित स्केलस कम्पनीमा रोजगार दाता कम्पनि छोडेर भागेका र गएको ५ महिना देखि तलब बिहिन भएर अलपत्र परेका ८० जना नेपाली मजदुरहरुलाई त्यहाँ पुगि उनिहरुको अवस्था को बारेमा जानकारी लिदै संगठनको बहु बुताले भ्याए सम्मको खाध्यन्न सहयोग गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाज कतारको आन्गिग बिभाग मुस्लिम सक्ति कतारका संयोजक इब्राहिम मियाको बिसेष पहल र संगठनका सदस्यहरुको आर्थिक सयोगमा संकलन गरिएको खाध्यन्न, सह-संयोजकहरु दुर्गा सुनार, लाल भटट, मुस्लिम विभागका सदस्यहरु कलिम मिया, करिम मिया, अकबर मिया, बसिर मिया, अन्तर्राष्ट्रिय नेपाली समाज कतारका महासचिब महम्मद कार्की, कोषाध्यक्ष देब परियार, सह-कोषाध्यक्ष सन्तोष बस्नेत, युवाहरु संगम भट्टराई, मनोज दाहाल, रमेश सिह खाती, नबिराज खान, तार्केस्वर यादब, अक्कल जिम्मा, नबिन गिरि, बसन्त तामाङ, पत्रकार सन्तोस क्षेत्री र प्रेम जि लगायतको उपस्थितिमा नयाँ शक्ती पार्टी नेपालका अन्तरिम परिसद केन्द्रिय सदस्य तथा कतारका संयोजक युवा नेता बि बि खरालले हस्तातरण गर्नु भएको थियो ।
उक्त खाध्यन्न बितरण कार्यक्रमलाइ सम्बोधन गर्दै खरालले नेपाल सरकार र उसका मातहतमा रहेको कतार स्थित नेपाली दूतावास मौन रहेका कराण नै नेपालीले यसरि कतारमा दु:खको सामना गर्नु परेको बताउनु भयो । बिगत ५ महिना पुग्दा सम्म कुनै गैर सरकारी सस्था वा राजदुतावास कतारले खाद्यान्न सम्बन्धि चासो नदिएको प्रति आक्रोश पोख्दै नेपालीहरुको उक्त परिस्थितिलाइ सहज बनाउन र स्वस्थ रुपमा उनीहरुको पाउनु पर्ने रकम सहित नेपाल फिर्तीमा सहयोग गर्न कतार स्थित नेपालि दूतावास लगायत सम्पूर्ण सामाजिक तथा बैचारिक संघ सस्था, बुद्दिजिबीमा आग्रह गर्नु भएको छ।
राहात संकलन तथा वितरण क्रयाक्रमका संयोजक इब्राहिम मियाका अनुसार, पीडितहरुको निमित्त नयाँ शक्ती कतारले १२ दिन सम्म पुग्ने गरि नेपाली १ लाख ५० हजारको खाध्यन्न उपलब्ध गराएको छ । कतारको सनैया ४१ राईट एच.बि.के. कम्पनी पछाडिको क्याम्पमा रहेका पिडित रत्न तामाङ लामाले आफुहरुको अबस्था प्रति दूतावासले गम्भीरता नदेखाएका कारण नै आफुहरुले दुइ महिना देखी भोक भोकै बस्न र कैले कहिँ आफन्त संग मागेर एक छाक टार्न बाध्य भएको गुनासो पोख्नु भयो ।
सबै उपस्थित पिडितहरुले केहि दिनको लागि भए पनि खाध्यन्न बितरण गरेर अफ़ुहरुलाइ सयोग गर्नु हुने नयाँशक्ती कतारका अभियन्ताहरुलाई धन्यबाद दिदै आफुहरुलाई छिटो नेपाल फर्किने माहोल बनाइ दिन नेपाल सरकार, नेपाली दुतावास कतार र सबै कतार स्थित संघ सस्थामा आग्रह गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend