logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँचीमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची फागुन ६ ।
प्रजातन्त्र दिवशको अवसर पारि अर्घाखाँचीको अर्घातोषमा एक दिने नि-स्वास्थ्य शिबिर बस्ने भएको छ । शिविर फाल्गुण ७ गते सनिबारको दिन अर्घाखाची जिल्लाको अर्घातोष वार्ड नं ४ हटिया बजारमा रहेको धौलागिरि इंगलिस बोर्डिंङ स्कुलमा हुने बताइएको छ ।

अर्घाखाँची जिल्लाका मरेंङ ,अर्घातोष,भगवती,छात्रगंज,ठुलापोखरा लगाएतका ग्रामिण भेगहरुलाई मध्येनजर गर्दै अर्घातोष हटिया बजारमा जन्मनुभएका हाल गुल्मीको तम्घास निवाशी समाजसेबी ब्याक्तित्व मान बहादुर श्रेष्ठको स-परिवारको आर्थिक सहयोगमा नि-शुल्क स्वास्थ्य शिबिर बस्ने भएको छ ।

बिर अस्पतालका ख्यातिप्रात बरिष्ठ नशारोग बिशेषज्ञ डा.राजेन्द्र श्रेष्ठ तथा स्त्री रोग बिशेषज्ञ डा.रिका प्रधान आउने शिविरमा नशा सम्बन्धि रोग ,बाथ रोग ,युरिक यसिड ,सुगर ,मुटु रोग ,खान मन नलाग्ने ,हात खुटा कम्मर दुख्ने झमझमाउने ,निद नलाग्ने तर्सने ,आलस्य आउने ,ओछ्यानमा पिसाब फेर्ने ,साथै महिला रोग सम्बन्धि- महिनावारी अनियमित हुने ,पाठ्ठेघर सम्बन्धि तथा महिलाहरुको सम्पूर्ण रोगहरुको निशुल्क चेक जाच गरि बिरामीलाई निशुल्क औषधीको ब्यबस्था गरिएको छ ।

सिबिरमा मनोपरामर्श सेवा समेत दिइने र सो शिविरमा धेरै भन्दा धेरै बिरामीहरुले स्वास्थ्य जाच गराई मौकाको फाइदा उठाउने आशा गरिएको डा.राजेन्द्र श्रेष्ठले बताउनु भएको छ । स्थानीय समाजसेबी चन्द्रमान श्रेष्ठका अनुसार यस्तो मौका बारम्बार नआउने हुदा पायक पर्ने गाबिसका सम्पूर्ण बिरामीहरुले स्वास्थ्य चेकजाच मौकाको फाइदा उठाई लाभ लिनुहुन समेत आग्रह गर्नुभएको छ ।

साथै टाढा बाट आउने बिरामीहरुले निम्न मोबाइल नम्बर ९८४१७५४७०८ मा फोन गरि नाम टिपाउन सकिने समेत जानाकरी गराउनु भएको छ । शिविरलाई ब्याबस्थित बनाउन अर्घातोष हेल्थ पोष्टको बिशेष सहयोग र त्रिदेब बचत तथा सहकारी, धौलागिरि बोर्डिंङबाट स्वेमसेबक परिचालन समेत गरिएको समाजसेबी श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend