साझा नेटवर्क
निरोज कुमार थापा, रामेछाप फागुन ६ ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफस्कुनले क्रियाशिल सदस्य मात्रै चाहेको भन्दै उहाँले सुस्त सदस्य बोक्न नसक्ने तर्क गर्नुभयो ।
रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको ११ औँ बार्षिक साधारण सभाको आज रामेछाप सदरमुकाम मन्थलीमा उद्घाटन गर्दै उहाँले बचत संघका पदाधिकारीलाई आफूले बैंकमा जम्मा गरेको रकम सहकारीमै राख्न आग्रह गर्नुभयो ।
उहाँले जिल्ला बचत संलाई सक्रिय बनाउन पनि सुझाव दिनुभएको छ । उहाँले रामेछापका सहकारीले गर्ने सबै काममा सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend