logo
  • शनिबार, असोज १० २०८३

फुर्सदिला कर्मचारी सरसफाईमा लागे


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गंगा खड्का, गुल्मी फागुन ६ ।
निजामति कर्मचारी सरह सेवा सुविधा पाउनुपर्छ भन्दै आन्दोलित स्थानिय निकायका कर्मचारीले विहिवार जि वि स प्राङगण सरसफाई गरेका छन् । कार्यालयमा काम ठप्प बनाएर वसेका कर्मचारीले एकाएक हातमा कुचो लिएर सरसफाईमा जुटेका थिए । स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठले कुचो समात्दै भुई बढार्न थालेपछि जिल्ला विकास समिति गुल्मीमा कार्यरत सवै कर्मचारी कोही झार गोड्न तिर लागे भने कोही फोहोर संकलन तिर ।
कार्यालयको काम पो ठप्प छ, समयलाई सदुपयोग गर्दे सरसफाईमा जुटेका हौं। स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठले बताईन् । प्रजातन्त्र दिवस पनि आउंदैछ’ उनले भनिन्, ‘‘कार्यालय वरीपरि सफा सुन्दर बनाउन लागेका हौं ।जिल्ला विकास समिति गुल्मीका कार्यक्रम प्रमुख विनोद मरासिनीले राज्यले स्थानिय निकाएका कर्मचारीलाइ पनि अन्यत्रै सरुवा गर्नु पर्ने बताए ।
एकै ठाउँमा वसेर काम गर्दा विस्तारै जांगर घट्दै जादो रैछ’ उनले भने, ‘अन्य क्षेत्रको अनुभव पनि चाहीन्छ । उनका अनुसार स्थानिय निकायका कर्मचारीहरुलाई निजामति सरह सेवा दिई सरकारले अन्य ठाउं र क्षेत्रमा सरुवा गर्नुपर्ने बताए । कर्मचारीको आन्दोलनका कारण जिल्लाका गाउंगाउं वाट सरकारी कामकाजका लागी आउने सेवाग्राही मर्कामा परेका छन् । कार्यालयको कामकाज ठप्प छ ।

तस्विर : गंगा खड्का

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend