साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं फागुन ६ ।
एउटी अबोध बालिकाको कलिलो उमेरमै निधन भएको वास्तविक घटनामा आधारित एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शितल कार्कीको स्वरमा रेकर्ड भएको नया“ गीत ‘चिताक बिछ्यौना…’ मा उक्त दुःखदघटनालाई चित्रण गरिएको छ ।
सर्पको टोकाइबाट जीवन गुमाएकी ती अबोध बालिका गायिका शितल कार्कीकी भतिजी हुन् ।विभिन्न टेलिभिजन च्यानल तथा यूट्युबमार्फत सार्वजनिक भएको उक्त भिडियोमा तराई मूलका एक दम्पत्तिले आफ्नो सन्तान गुमाएको विषयलाई चित्रण गरिएको छ । भिडियोलाई निर्देशक सुरेश थापाले निर्देश्ँन गरेका हुन् ।
गायक कार्कीकै संगीत निर्देश्ँनको उक्त गीतका शब्दहरु कुमार अजनबीले रचना गरेका हुन् । अभिनेता दिलिप रायमाझी तथा अनिता दंगालले निधन हुने सन्तानको बुवा–आमाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको सन्तानको भूमिका प्रत्युष सुवेदीले निर्वाह गरेका छन् ।
गीत गायक कार्कीको एल्बम ‘ओस्कार’मा समावेश गरिएको छ । बुद्ध थापाद्वारा छायांकन गरिएको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । गीतलाई सङ्स नेपाल च्यानलबाट यूट्युबमा अपलोड गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend