logo
  • शनिबार, साउन ३० २०८३

नायिका तिर्सना बुढाथोकी चलचित्र पहिलो मान्छे मार्फत डेब्यु गर्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, फागुन ५ ।
हट एण्ड सेक्सी मोडल तथा नायिकाको छबि बनाएर चर्चाको शिखरमा पुगेकी नायिका तिर्सना बुढाथोकी चलचित्र “पहिलो मान्छे” मार्फत प्रमुख नायिकाको रुपमा डेब्यु गर्दै छिन । हुनत उनले अभिनय गरेको यो चौथो चलचित्र हो तर प्रमुख पात्रको रुपमा प्रमुख नायिकाको रुपमा अभिनय गरेको भने उनको यो पहिलो चलचित्र हुनेछ ।
पछिल्लो समय हट एण्ड सेक्सी भनेर चिनिन भन्दा पनि एक राम्रो सफल मोडल नायिका तथा गायिका भएर राम्रो छबि बनाउदै अघि बढ्दै गरेकी नायिका तिर्सना बुढाथोकी निकै नै ब्यस्त बन्दै गएकी छिन । नेपालमा दिन प्रतिदिन नेपाली चलचित्र निर्माणको क्रम बढ्दै गएको छ र धेरै नेपाली चलचित्र ब्यबसायिक रुपमा सफल पनि बन्दै गएका छन ।
पछिल्लो समयमा नेपाली चलचित्रहरुले दर्शकहरुलाई चलचित्र हलमा अत्याधिक रुपमा तान्न सफल भएका पनि छन् । यसर्थमा नेपाली चलचित्र उधोग दिन दिनानु दिन पनि फस्टाई रहेको छ भन्दा फरक नपर्ला । अहिलेकी चर्चित र व्यस्त रहेकी मोडल तथा नायीका तिर्सना बुढाथोकीलाई लिएर चलचित्र “पहिलो मान्छे” को शुटिंग अहिले धमाधम भईरहेको छ। चलचित्र “पहिलो मान्छे”मा नायिका तिर्सना बुढाथोकीलाइ दोहोरो भुमिकामा देख्न सकिने भएको छ ।

“पहिलो मान्छे” चलचित्रको कथा तथा स्क्रिप राईटर रिकुराज पाख्रिनको रहेको छ भने निर्देशक दिपक लामाले गर्दै आएका छन । यस चलचित्रको निर्मातामा सुदन धिताल रहनु भएको छ । तिर्सना बुढाथोकी नायीका र नायक सुशील क्षेत्रि मिथुन हमालको मुख्य भुमिका रहने यस चलचित्रमा नव कलाकार बब श्रेष्ठ पनि रहने छन् ।

पुर्ण मायाँ, प्रेम र एक्सनमा आधारित रहने यस चलचित्रमा एक धनि बाउको छोरीले एउटा गरिब परिवारको केटालाई मन पराए पछि चलचित्रले अर्कै रुप लिन्छ । पुर्ण ब्यबसायिक चलचित्र “पहिलो मान्छे”को सुटिंग धमाधम हुदै गरेको र काम पनि राम्रो हुदै गएको कुरा नायिका तिर्सना बुढाथोकी बताउछिन । यस चलचित्र दशैं भन्दा अगाडिनै सार्वजनिक गरिने निर्माण पक्षले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend