logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीको खज्र्याङ्गमा शाइन रेसुङ्गा बैंक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी फागुन ३ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खज्र्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली बित्तीय सेवा शुभारम्भ गरेको छ । मंगलवार एक कार्याक्रमका बिच शाखा बिस्तार गरिएको थियो ।
१० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात २७ वटा शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गर्दैछ । बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको र बैंकिङ्ग सुविधाको पहुंचमा बैंकले अत्यन्त जोड दिएको बैकले जनाएको छ ।

बैकको चुक्ता पूँजी १ अर्व १० करोड रहेको यस बैंकको २०७३ पौष मसान्तमा निक्षेप परिचालन ९ अर्व २० करोड रहेको छ भने कर्जा लगानी ८ अर्व १७ करोड र सञ्चालन मूनाफा २६ करोड ८ लाख रहेको छ । करिव १ लाख ३० हजार ग्राहक संख्या रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend