logo
  • शुक्रबार, साउन ८ २०८३

“तिमी मेरी हैनौ सानु”को भिडियो सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

महेश बोहरा, बुटवल फागुन १ ।
केही समय पहिले धेरै दर्शक श्रोताको मन जित्न सफल गीत “तिमी मेरी हैनौ सानु त्यो त मलाई थाहा छ” को भिडियो यही फाल्णु १ गते देखि रिलिज भएको छ । युनाज कृयसन मार्फत हिमाल खनालको एल्वममा बजारमा आएको गीतमा सञ्चारकर्मी तथा लोक गायक तुल्सिङ रनपछाई र पुर्णकला बि.सी.को सुमधुर स्वरमा सजिएको थियो । जसमा लय शब्द बिक्रम थापाको थियो । यही गीतलाई फेरी भिडियो सहित सफल सहयोगीले बजारमा ल्याउन लागेका हुन ।
बुटवलको प्रसिद्ध स्थल सिद्धबाबा र फुलबारीको आसपासमा छायाङ्खन भएको यस गीतमा सफल सहयोगी लम्साल र सेन्जल पौडेलको अभिनय रहेको छ । अबिरल फिल्म्स मार्फत बजारमा आउन लागेको भिडियोमा बिस्नु भटराईले सम्पादन गरेका छन भने यो गीतको निर्देशन सफल सहयोगी लम्सालले गरेका छन । गीत धेरैले मन पराएको र यसको भिडियो निमार्णमा जुटेको लम्सालले बताए । उनले गीत जस्तै यस भिडियोलाई पनि माया गर्ने आग्रह गरेका छन । गुल्मीको घमिरमा जन्मीएका उनले यस भन्दा अघि पनि सडक सडक गीतमा अभिनय र निर्देशन गरीसकेका छन ।

बिषेश गरी माया प्रेममा आधारित यस गीत “तिमी मेरी हैनौ सानु त्यो त मलाई थाहा छ, घृणा गछौ तिरस्कार गछौ सानु तर पनि तिमै माया लाग्छमा ” म्युजिक भिडियो पनि बियोगान्त रहेको छ । कसैले घृणा गर्दा गदै पनि उसकै मायामा पछि परेको दृश्य यस भिडियोमा छ । प्राय बियोगान्त गीत गर्न आफुले रुचाउने गरेको उनले हामी संगको कुराकानीमा बताए । उनले आफुले सकेसम्मको नयाँ स्वाद आफ्ना दर्शक तथा श्रोताको लागी पस्कने प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend