logo
  • शुक्रबार, साउन ८ २०८३

जनज्योती माविमा प्रवेशद्धार निर्माणका लागि ४ लाख बढी सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिश शर्मा गैरे, गुल्मी फागुन १।
जनज्योती माबि पौदी अमराइ २ अरेवा गुल्मीको ५७ औ बार्षिकोत्सब तथा अभिभाबहक दिवस आजबाट शुरु भएको छ । कार्यक्रमको अवसरमा आज एक ब्यक्तिले बिद्यालयलाइ ४ लाख भन्दा बढीे सहयोग गर्नुभएको छ ।

कार्यक्रमको अवसरमा पौदी अमराइ २ निवासी हल्दार डालेश्वर भुषालद्धारा बिद्यालयको प्रवेशद्धार निर्माणको लागि ४ लाख ५ सय ५१ रुपैया प्रदान गर्नुभएको हो । बिद्यालयका प्रद्यानाध्यापक इश्वरी प्रसाद आचार्यले सहयोग दाता प्रति आभार ब्यक्त गर्नुभयो । कार्यक्रमको पहिलो दिन आन्तरीक कार्यक्तम अन्तर्गत अन्तरसदानात्मक भलिबल, बिद्यार्थीहरुको इन आउट, दौड, कपर्दी, नृत्य, लगायतका प्रस्तुतीहरु सम्पन्न भएका छन ।

कार्यक्तममा बिद्यालयका अध्यक्ष भुपेन्द्र रायमाझीको अध्यक्षता रहेको थियो भने सञ्चालन शिक्षक द्धोय महलाल पौडेलले र लालु गीरीले गर्नुभएको थियो । उक्त अवसरमा बिभिन्न बक्ताहरुले बिद्यालयको प्रगतीको तथा उन्नतीको बिषयमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend