साझा नेटवर्क
हिम शिखर ।
वैदेशिक रोजगारीमा रहेका गुल्मी पिपलधाराका युवाहरु द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी संम्पर्क समिति विश्व सन्जाल गुल्मीले गाविस बासीहरुमा आइपर्ने प्राकृतिक प्रकोप, दुर्घटना लगायत आपतकालीन समस्या लाई मध्यनजर राख्दै गाविसका नौ वटै वार्डमा सबैको पहुँच हुने गरि उक्त वार्ड्का महिला स्वयंसेविका हरु लाई गाविस स्वास्थ्य चौकीको मातहतमा रहने गरि स्टेचर वितरण गरेको छ ।

पिपलधारा चौतारी सम्पर्क समिती विश्व संजाल गुल्मीका स्थानीय समिती अध्यक्ष बाबुराम जि.सि.को अध्यक्षता, स्वास्थ्य चौकी इन्चार्ज प्रेम खनालको विशेष आतिथ्य र नेपाली कांग्रेस गाउँ कमिटी अध्यक्ष हरि थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त स्टेचर हस्तान्तरण कार्यक्रममा गणेश माविका प्रअ बाबुराम खनाल, गाविस कार्यवाहक सचीव सुर्य खनाल, अतिरिक्त हुलाकका कृष्ण खनाल, प्रत्येक वडा स्वयंसेविकाहरु लगायत स्थानीय वासिन्दाहरुको उपस्थित रहेको थियो ।
उक्त हस्तान्तरण कार्यक्रमको संचालन स्थानीय समितीका सचिव सुर्य खड्काले गर्नु भएको थियो । स्मरण रहोस् विगत तीन वर्ष देखि गाविसको चौतर्फी विकास र जनसेवाको लागि अहोरात्र खटिदै आफ्नो परिवारको गास काटेर संकलन गरेको पैसाले विभिन्न जनसेवा मुलक कार्य सँगै गाविस वासीहरुको लागि एम्बुलेन्स हस्तान्तरण गरेका थिए भने गत कार्तिक महिनामा गाविसका विभिन्न सार्वजनिक क्षेत्रहरू र छिमेकी गाविसका सिमा आवागमन क्षेत्रमा जनचेतना मुलक होर्डिङ बोर्ड राखेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend