साझा नेटवर्क
दीलिप पराजुली, दोहा ।
लामो समय देखि दोहामा स्थापित साहित्यिक सस्थाहरु अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालय कतारले संचालन गर्दै आएको कार्यक्रमको ६६ औ डबली सम्पन्न भएको छ । प्रवासमा छरिएर रहेका नेपाली साहित्यको उजागर गर्ने हेतुले स्थापना भएको सस्थाले हरेक महिनाको दोश्रो शुक्रबार आफ्नु कार्यक्रम सम्पन्न गर्दै आएको छ । दोहाका अन्य कार्यक्रम भन्दा बिल्कुल फरक कार्यक्रममा विशिष्ट श्रोताको रुपमा गोर्खा सेवा समाज कतारका अध्यक्ष श्री सुदर्शन भट्ट रहेका थिए भने साहित्यिक सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रणय दिवस नजिकिदै गर्दा कार्यक्रम एकदम प्रेमिल बनेको थियो । राजन राइको कबिता बाट शुरु भएको कार्यक्रममा रुप रसाइली, सिताराम थापा,निराजन लुइँटेल, मणि पौडेल, तिर्थ संगम राई, ओम दाहाल र बिन्देश्वर यादबले आफ्नु कबिता बाचन गरेका थिए भने राजेश्वर ढकाल, दीलिप पराजुली, शेखर बस्नेत,प्रदिप कुमार, शुभ सन्ध्या, कृष्ण रिमाल, कृष्ण सुबेदी, चक्र कार्की, राजन लामा, ईश्वर राई, बसन्त भुजेल, सुरेशमान रुम्बा, ईश्वर शाही, प्रेम प्रसाद भट्टराई, र सुबास सापकोटाले आफ्ना सृन्गारिक गजल बाचन गएका थिए भने बेचन महतो, उदगार यादब आदिले आफ्ना गित गुनगुनाएका थिए ।
हरेक हप्ता भन्दा निकै साहित्यिक माहोल बढेको कार्यक्रममा निकै नया अनुहारका गजल तथा कविता गुन्जिएका थिए । दोहामा यस्तो साहित्यिक सस्था छ भन्ने खबर नहुदा कृष्ण रिमाल, कृष्ण सुबेदी जस्ता निकै साहित्यिक अनुरागीहरु यो सस्थामा समाबेश हुन पाउदा निकै उत्साही देखिन्थे । आफु संग भएका सिर्जना सुनाउन पाउने र अरुका सुन्ने यो कार्यक्रम करिब तीन घण्टा सम्म चल्छ । कार्यक्रममा नया उपस्थित रहेका सम्पूर्ण सर्जकहरुलाई अनेसास कतारका अध्यक्ष तिर्थ संगम राई र नबोदित साहित्यिक वाचनलय कतारका अध्यक्ष सिताराम थापाले सस्थाको बारेमा निकै प्रस्ट पारेका थिए ।
कार्यक्रमलाई निकै रोमान्चकारी बनाउदै संचालन गरेका थिए कार्यक्रम संयोजक लेख कार्कीले भने कार्यक्रमको अन्त्यमा बिशिस्ट श्रोता सुदर्शन भट्टले लामो समय सम्म चलेको डबलीको आगामी दिन पनि यसरि नि अगाडी बढ्न सकुन भन्ने शुभकामना दिएका थिए । दोहाका कार्यक्रममा निकै समाबेश भएको भए पनि डबली निकै रमाइलो हुने भट्टले बताए । आगामी दिनमा समय हुदा डबलीमा सके सम्म सहभागी हुने बाताउदै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend