logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल वचत तथा ऋण सहकारी संघको प्रथम अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दामोदर दाहाल, युएई ।
नेपाल वचत तथा ऋण सहकारी संघ यु.ए.ईको हिजो बसेको प्रथम साधारणसभाले सुत्रमनी राईको अध्यक्षतामा ९ कार्यसमितिको चयन गर्दै पछी दुइ सदस्यहरू थप्ने गरी १७-१९ को लागी नयाँ कार्य समिती सर्बसम्मतले चयन गरेको छ।
प्रवासमा रहेका सहकारीलाई व्यवस्थित गर्नको लागि कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै सबै बचत समुहहरुलाई सहकारीको एउटै छातामुनी संगठित गर्ने र सबै बचत सस्थाको समान उदेश्य बनाउदै यसको दीर्घकालिन ठोस सहकारी नीति अन्तर्गत बचतमा प्रोत्साहन गर्न तथा बिशेष लगानी लगायतका योजनाहरु ल्याउनको लागी २०१५ मा नेपाल बचत तथा ऋण सहकारी संघ युएईको स्थापना भएको थियो।

युएईमा सन्चालन भै-रहेका धेरै सहकारी सस्थाहरु बिच सहकार्यको लागी सकरात्मक प्रयासरत रहने तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (काठमाडौं) संग समन्बय गर्दै आगामी दिनमा युएईमा छरिएर रहेका बचत सस्थाहरुलाई एकिबद्दता गर्दै नेपालमा सहकारीको माध्यमबाट दीर्घकालीन लगानीको योजना बनाउदै छरिएर रहेको साना–साना पुजीलाई देशको बिकाश र रोजागारीको अबसर सृजना गर्ने नेपाल बचत तथा ऋण सहकारी संघ युएईको मुख्य उदेश्य रहेको संघका नब निबार्चित अध्यक्ष सुत्रमनी राईले बताएका छन।

संघको नब निवार्चित उपाध्यक्षमा काशी काफ्ले, सचिबमा दामोदर दाहाल, कोषाध्यक्षमा हर्कमनी राई, त्यसै गरि सदस्यमा रमेश अधिकारी, आवेग राई, टेकेन्द्र चाम्लिंग र सल्लाहकार मा निवर्तमान सयोजक कृष्ण पौडेल निवार्चित भएका छन। कार्यक्रमको सभापतित्व कृष्ण पौडेलले गरेका थिए भने संचालन दामोदर दाहालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend