साझा नेटवर्क
गोबिन्द भण्डारी, अछाम माघ २८।
प्रेस चौचारी अछमले पत्रकार महासंघ अछामबाट गैर पत्रकारलाई मनलाग्दी सदस्यता वितरण भएको भन्दै निर्णय सच्चाउँन आग्रह गर्दा पनी नसच्चाएको भन्दै आन्दोलन जारी राखेको छ ।
पत्रकार महासंघ अछामले हुकुमी पारामा गैरपत्रकारलाई वितरण गरेको नयाँ सदस्यता खारेज नगरे सम्म आन्दोलन जारी राख्ने बताएको छ । कुनै सञ्चार माध्ययमा नरहेका तथा क्रियाशिल नरहेको व्यक्तिलाई दिएको सदस्यता तत्काल छानविन गर्न चौतारीले माग गरेको छ ।
कुनै सञ्चार माध्ययममा नरहेका र पत्रकारिता नगर्नेलाई कुनै दलको संगठनमा भर्ती गरेजस्तै गरिएको छ, यो समग्र पत्रकारिता जगत र पत्रकार महासंघको गरिमा र मर्यादा विपरित भएको प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको भनाई छ ।
महासंघ आफैंले बनाएको कार्यविधिलाई समेत कुल्चेर सदस्यता वितरण र नविकरणमा मनपरि गरिएको छ । संस्थागत रुपमा महासंघलाई कब्जा गर्ने र फरक विचार राख्नेहरुलाई सदासर्वदा वाहिर राख्ने उद्धेश्यबाट महासंघको नेतृत्व लागेको र निरन्तर पत्रकारिता गरेको हुनुपर्ने तथा स्नातक तह गरेकालाई एक बर्ष निरन्तर समाचार क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था गरेको पत्रकार महासंघ अछामका सचिव शिवराज ढुंगानाले बताउनु भयो ।
यो कार्य कुनै पनि हालतमा मान्य नहुने प्रेस चैतारी अछामले जनाएको छ । प्रेस चैतारी अछामले पत्रकार महासंघको कार्यलयमा ताला समेत लगाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend