logo
  • शनिबार, साउन ३० २०८३

नेपाली काँग्रेस वामीको भवन निर्माणका लागि जग्गा प्रदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी माघ २७।
नेपाली काँग्रेस गाँउ कार्य समिति वामीको बैठक आज सम्पन्न भएको छ । पार्टी गाँउ कार्य समितिका सभापति सुदर्शन शाक्यको अध्यक्षता रहेको कार्यक्रममा गुल्मीका पुर्व जिबिस सदस्य तथा वामी बिश्व सम्पर्क मञ्च अमेरीकाका अध्यक्ष हरि नारयाण सापकोटाको बिशेष आतिथ्यता रहेको थियो ।

बैठकले यही फाल्गणु ३ गते माननीय साँसद चन्द्र भण्डारीको वामी आउने कार्यक्रमको बिषयमा छलफल गरेको छ । आज बैठककै अवसरमा वामी ३ निवासी हरि नारयाण सापकोटा तथा उहँँकी श्रीमती साबित्रा सापकोटाले पार्टीको भवन निर्माणको लागि आबश्यक जग्गा प्रदान गर्ने बताउनुभएको छ । उहाँले वामी ३ कनिकेमा रहेको आफ्नो जग्गामा आबश्यकता अनुसार प्रदान गर्ने बताउनु भएको हो ।

कार्यक्रममा जिल्ला सदस्य कल्पना घिमिरे, क्षेत्रीय प्रतिनिधि दिनेश खाती, क्षेत्रीय सदस्य तिर्थमणी काफ्ले, इलाका नम्बर ९ का सचिब महेश श्रेष्ठ, वामी गाँउ समितिका उपसभापति भिमसेन केसी, सचिब तेजेन्द्र जिसी, डिलाराम खरेल, कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटा तथा अन्य कार्यकताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिब तेजेन्द्र जिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend