साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी माघ २७ ।
भानु उमाबि ग्वालीचौरको ५४ औ बार्षिकोत्सब कार्यक्रम आज सम्पन्न भएको छ । हिजो बाट शुरु भएको कार्यक्रम आज औपचारीक रुपमा जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्रले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले संस्थागत बिद्यालयमा हुने खानेहरुका बालबालीकाहरुले अध्ययन गर्ने तर सामुदायिक बिद्यालयमा हुँदा खाने बालबालीकाहरुले अध्ययन गर्ने भएको हुनाले सरकारले हेर्ने गरेको बताउनुभयो ।
साथै उहाँले सामुदायिक बिद्यालयहरुको खस्कादो स्थिती प्रति चिन्ता ब्यक्त गर्दे सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार भएमा मात्र सामाजिक जीवनस्तर माथी उठ्ने बताउनुभयो ।बार्षिकोत्सबको अवसरमा बिद्यार्थीहरुले प्रस्तुत गरेको प्रस्तुतीहरुको उहाँले खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा कृषि मन्त्रालयका उपसचिब खिमानन्द भुषाल, जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक प्रकाश ओझा, शिक्षक संघ बाग्लुङ्गका अधयक्ष सागर खरेल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
तयसेगरी त्रिभुबन उमाबि खर्बाङ्गका प्राचार्य ढालमणी भण्डारी, बिद्यालयका प्राचार्य केशब खरेल, बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष घनश्याम घिमिरे, गाबिसका पुर्व गाबिस कार्याबाहक अध्यक्ष नन्दराम घिमिरे, बिद्यालयका अँग्रेजी माध्यम संयोजक प्रदिप खरेल, वेलफेयर अँग्रेजी बोर्डिङ्ग स्कुलका प्रद्यानाध्यापक बोमकान्त पौडेल, थानापति आधारभुत बिद्यालयका प्रद्यानाध्यापक खिमराज घिमिरे, रेडियो पुष्पाञ्जलीका स्टेशन मेनेजर प्रकाश घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कृषि मन्त्रालयका उपसचिब खिमानन्द भुषाल, शिक्षक संघ बाग्लुङ्गका अध्यक्ष सागर खरेल, बिद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष घनश्याम घिमिरे, वेलफेयर अँग्रेजी बोर्डिङ्ग स्कुलका प्रद्यानाध्यापक बोमकान्त पौडेल, त्रिभुबन उमाबि खर्बाङ्गका प्राचार्य ढालमणी भण्डारी, ब्यबस्थापन समिति सदस्य राजन प्रसाद आचार्य लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा शिक्षक तिर्थमणी भुषाल को स्वागत रहेको थियो भने शिक्षक बिष्णु पसाद आचार्य तथा साँस्कृतिक कार्यक्रमको सञ्चालन शिक्षक टिका पाइजाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका प्राद्यानाध्यापक केशब खरेलले १ करोड १८ लाख ६३ हजार ९ सय बराबरको आयब्याय बिबरण सार्वजनिक गर्नुभएको थियो । आज कार्यक्रममा अन्तर सदानात्मक बक्तृत्वकला, अभिभाबहकहरुको सियोमा धागो छिराउने लगायतका प्रतियोगीताहरु सम्पन्न भएका छन । २०१९ सालमा स्थापना भएको बिद्यालयमा हाल सम्म कक्षा १२ सम्म पढाइ हुदै आएको छ भने अँग्रेजी माध्यममा पनि पढाइ शुरु भएको छ । अहिले बिद्यालयमा जम्माजम्मी ५ सय ६२ बिद्यार्थीहरु रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend