साझा नेटवर्क
हिम सिखर नयाँ दिल्ली भारत ।
भारतको लक्ष्मीनगरमा सी.ए अध्यनरत नेपाली बिद्यार्थीहरुको छाता संगठन “हातेमालो नेपाली बिद्यार्थी समुह”ले यहि आइतबार, मिति ०५ फेब्रुअरी २०१७ का दिन प्राईम सी.ए. एकेडमीको प्राङ्गणमा बृहत संगोष्ठी सम्पन्न गरेको छ । विश्वको अर्थव्यवस्थामा सफल पाईला चाल्दै उचाईतर्फ लम्किरहेको भारतको दुई महत्वपूर्ण बिषय “ Goods & Service Tax (GST)” एवं “ UNION BUDGET 2017 ( केंद्रीय बजेट २०१७ ) का बारेमा विश्लेषण गर्न आयोजना गरीएको सो कार्यक्रममा सी.ए अध्यनरत नेपाली बिद्यार्थीहरुको निकै नै उत्साहजनक सहभागिता एवं प्रतिक्रिया रहेको थियो ।
यस निकै नै महत्वपूर्ण बिषयबस्तुमा आफ्नो राय एवं विश्लेषण राख्न प्रख्यात वक्ताद्वय सी.ए राजेन्दर अरोरा ( अध्यक्ष NICASA of NIRC of ICAI ) एवं सी.ए. नितिन कन्वर ( कोषाध्यक्ष NIRC of ICAI ) ज्यू हरुको अमुल्य उपस्थिति रहेको थियो । सी.ए राजेन्दर अरोराज्यूले Goods & Service Tax (GST) का बारेमा आफ्नो मन्तब्य राख्नु भएको थियो भने सी.ए. नितिन कन्वरज्यूले केंद्रीय बजेट २०१७ लाई निकै नै अतुलनीय विश्लेषण गर्नु भएको थियो ।
सी.ए अध्यनरत नेपाली बिद्यार्थीहरुको निकै नै बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सबै सहभागीहरुले कार्यक्रम निकै नै राम्रो एवं जानकारीमुलक रहेकाले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गरिरहनुपर्ने प्रतिक्रिया जनाएका थिए । सोहि संगोष्ठीमा आगामी दिनहरुमा यस्तै कार्यक्रमहरु सम्पन्न गर्न तथा हातेमालोलाई अझै नै प्रभावकारी ढंगले आगाडी बढाउन २५ सदस्यीय कार्यकारी सहायता टोलि पनि गठन गरीएको थियो । यसैगरी सोहि कार्यक्रममा हातेमालोद्वारा मिति २२ जनवरी २०१७ आइतबार का दिन आयोजना गरीएको इन्डोर खेल चेस (Chess), डार्ट (Dart) तथा फिफा २०१५ (FIFA 2015) का बिजेताहरुलाई धनराशी, प्रमाणपत्र, पदक र मेडल सहित सम्मान पनि गरीएको थियो ।
येसैगरी हातेमालोले संचालन गर्ने मासिक अनलाइन हाजिरीजवाफ-११ का बिजेतालाई पनि प्रमाणपत्र र पदक प्रदान गरीएको थियो । निकै नै उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको सो कार्यक्रमको अन्त्यमा आफ्नो मन्तब्य राख्दै हातेमालोका वर्तमान अध्यक्ष्य सरोज सापकोटाले सबै सहयोगी हातहरुलाई तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी अध्यक्ष्य सापकोटाले हातेमालो सबै बिद्यार्थीहरुको साझा मंच भएकाले संधै सबैको हक हितमा तत्पर रहने तथा हातमा हात मिलाएर सबैको साथले आगाडी बढ्ने भनाइ राखेका थिए ।
हातेमालो नेपाली बिद्यार्थी समूह सो संगोष्ठीलाई भब्य , सभ्य एवं उत्क्रिषट तरिकाले सम्पन्न गराउन अहम भूमिका खेल्नु हुने सबै आभारी मनहरु एवं सरोकारवालहरुप्रति कार्यक्रम संयोजक अंकित अधिकारीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend