साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ २६ ।
सरकारले स्थानिय निर्वाचनको तयारी थाल्दै गर्दा गुल्मीमा १४ दलले दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, ने.क.पा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, संङघीय समाजवादी पार्टी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेशन र नेपाल कम्यूनिष्ट पार्टी (माले–समाजवादी) लगायतका लदलले सुची दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।
जिल्लामा तिन वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ लाख ७७ हजार ३ सय ७९ मतदाता रहेको सुचना अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । जिल्लामा क्षेत्र नं. १ मा ४६ हजार २ सय ४६ जना, क्षत्र नं. २ मा ७१ हजार ६ सय ४६ जना र क्षेत्र नं. ३ मा ५६ हजार ४ सय ६७ जना मतदाता रहेका छन् ।
जिल्लामा अधिकांश दलहरु दर्ता भए पनि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीले भने दल दर्ता गराएका छैनन् । दर्ताको लागी केन्द्रमा दल दर्ता भएको प्रमाणपत्र र जिल्लाको कार्यसमितिको विवरण सहित राजनीतिक दल दर्ताका लागि आयोगले सूचना निकालेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend