logo
  • शनिबार, साउन ३० २०८३

के.यु.बि.के.को पिपलधारामा सार्वजानिक सुनुवाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी माघ २६ ।
किसानका लागि उन्नत विउ विजन कार्यक्रम (के.यु.बि.के)ले गुल्मीको पिपलधारामा सार्वजानिक सुनुाई कार्यक्रम सम्पन्न गरेको छ । के.यु.बि.केको आर्थिक सहयोमा महिला सशक्तीकण कार्यक्रम सञ्चालन गरेको महिला सुन्तला खेती कृषक समुह पिपलधारा ५ र ७ ले सार्वजानिक सुनुवाई कार्यक्रम गरेको हो ।

सार्वजानिक सुनुवाई कार्यक्रममा त्यस समुहकी अध्यक्ष माया खनालले ४ लाख ५० हजार र १४ लाख १ सय ८५ समुहले लगानी गर्ने र १५ लाख २६ हजार ९ सय ५५ रुपैयाँ केयुबिके संस्थाले अनुदान दिने जानकारी गराउँदै विभिन्न कार्यक्रम सार्वजानिक गरेकी थिईन् ।

संस्थाको उद्देश्य र कार्यक्रम वारे केयुबिके संस्थाका विउ प्राविधिक बिशाल सापकोटा र सो कार्यक्रम क्षेत्र नम्वर ३ की अभिमुखीकर्ता रिमा अधिकारीले प्रकाश पारेका थिए । प्रमुख अतिथी सापकोटाले महिला सशक्तीकरणका लागि प्रशिक्षण समेत दिएका थिए । अभिमुखीकर्ता अधिकारीका अनुसार पिपलधाराका महिलाहरु सशक्तीकरणका लागि कम्मर कसेर लागेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस पिपलधाराका सभापति हरिबहादुर खड्का, नेकपा एमालेका अध्यक्ष वावुराम खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष रत्तप्रसाद खनाल, राप्रपाका अध्यक्ष तनबहादुर केसी, पिपलधारा स्वास्थ्यचौकी ईञ्चर्जा प्रेमलाल खनाल लगायतको विशेष आतिथ्यता रहेको थियो । समुहकी अध्यक्ष माया खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शान्त खनालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend