साझा नेटवर्क
प्रेम सुनार, गुल्मी माघ २६ ।
नेकपा माओवादी केन्द्र गुल्मी ह्वाङदीको गाउँ सम्मेलन सम्पन्न भएको छ । सो पार्टीका केन्द्रिय सदस्य ज्ञानकुमार बुढाको प्रमुख आतिथ्यता र अर्का केन्द्रिय सदस्य सुर्यबहादुर बुढाको विशेष आतिथ्यतामा सम्पन्न सम्मेलनले तुलबहादुर बिश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्र ह्वाङदी गाउँ कमिटी गठन गरिएको जनाईएको छ ।
उपाध्यक्षमा शोभा थापा , सचिवमा कृष्णबहादुर घर्ति , सह–सचिव लिलबहादुर बुढा मगर र कोषाध्यक्षमा देविराम घिमिरे चयन भएका छन् । त्यस्तै खिमा घिमिरेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समित समेत गठन गरिएको ह्वाङदीबाट समाचार सहयोगी टेकबहादुर बिकले जानकारी दिए ।
उनका अनुसकार सम्मलनमा दर्लिङ्गका ईलाका संयोजक भुपाल सिंह खत्री , दर्लिङ्गकै दिपक घर्ति, अर्खवाङ्गका संयोजक तनबहादुर नेपाली लगायतको पनि बिशेष आतिथ्यता रहेको थियो । नेकपा माओवादी केन्द्र तुलबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कृष्ण घर्तिले सञ्चालन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend