logo
  • शनिबार, साउन ९ २०८३

बागलुङको वुर्तिवाङ्गमा डोजर आगजनी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

बागलुङ, माघ २६।
बागलुङ जिल्लाको भिमगिठे देखि रनसिँह किटेनी जोड्ने सडक निर्माणका लागि ल्याईएको डोजरमा मँगलबार राति आगजनी भएको छ ।सोमबार दिँउसो श्रेष्ठ निर्माण सेवाबाट स्थानीय दिनेश सर्मा र खगेन्द्र कुमार बुढाले लिजमा ल्याएको बा २ क ३८२० नम्बरको दोजरमा आगजनी भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनु भयो ।

भिमगिठेको वडा नँ ४ ईदिखोला देखि रनसिँह किटेनी जोड्ने सडक ट्रयाक निर्माणका लागि स्थानीय सडक निर्माण समिती सँग सम्झौता गरी ल्याईएको दोजरमा यसरी दिएको एकै रातमा आगजनी हुनु कसैको रिसिबिका कारण बदमासि भएको हुन सक्ने बताईएको छ ।

तर घटनाको बिषयमा अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक रानामगरले बताउनु
भयो । यसरी समाजको बिकासमा टेवा पुर्याउने उदेश्यले ल्याईएको बस्तुमाथि आगजनी गर्नु गम्भिर घटना रहेको बताउँदै स्थानीयले घटनाको बिषयमा तत्काल सत्य तथ्य छानबिन हुनुपर्नै माग गरेका छन् ।

उता सडक भिमगिठे गाविसको पाँच लाख र रनसिँह किटेनी गाविसको पाँच लाख गरी १० लाख बजेटमा भिमगिठेको बाँसकोट देखि वडा नँ ३ टुनीबोट हुँदै रनसिँह किटेनी जोड्ने लक्ष्य लिएको वुर्तिवाङ्गबाट हाम्रा प्रतिनिधी छवि पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend