logo
  • शनिबार, भाद्र २० २०८३

प्ये ल्हु संघले चेलीवेटीलाई सम्मानका साथ भोज खुवायो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा  माघ २६।
प्ये ल्हु संघ कतारले आफ्नो दोस्रो ठुलो पर्व भब्यता साथ मनाएको छ । उक्त कार्यक्रममा प्ये ल्हु संघ कतारका दाजुभाईहरुले सम्पूर्ण चेलिबेटीहरूलाई सम्मानका साथ भोज खुवाउदै र पछ्यौरी ( क्रमु )ओढ़ाई सम्मान गरेको थियो । गुरुङ समुदायमा यो पर्वले दाजुभाई तथ दिदीबहिनीहरु बिच सुमधुर सम्बन्ध प्रगढ बनाउने जनविश्वास रहेको छ ।
कार्यक्रमको महत्वका कारण प्रवास भूमिमा रहेकादाजुभाईबाट सम्मानित हुदै गर्दा चेलीहरुले आफ्नै परिवारको जस्तो स्नेह पाएको अनुभूति सुनाएका थिए । समाजले “शास्त्र रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे परम्परा रहन्छ, परम्परा रहे मानिसको अस्तित्व रहन्छ “ भन्ने मुल मन्त्रलाई आत्मासाथ गरेको छ । दाजुभाई तथा दिदीबहिनीहरु मिलेर प्रवास भूमिमा आफ्नो पर्वलाई यसरी नै मनाउदै गरेको खण्डमा आफ्नो परम्परा र सस्कृतिले अझै उचाइको सिखर पुग्नेमा दुई मत नभएको सहभागी अतिथिहरुको भनाई थियो ।

त्यसको लागी सबैको एकता, एक आपसमा सरसल्लाह, विचार, सदभाव र सहयोगको आदान प्रदान हुन पर्नेमा सबले जोड दिएका थिए । प्रमुख अतिथि गुरूङले आफू स्वंम आदिवासी(जनजातिका सन्तति भएकोले तमु समाजको विकास तथा शैक्षिक रूपान्तरणको लागि ब्याक्तिगत तन, मन वचन र कर्मले सह्योग गर्ने प्रतिबद्धता सहित नेपाली मौलिक कला संस्कृतिको लागि संघ बाट पनि सक्दो पहल गर्ने जनाउँदै शुभकामना दिए ।

अन्य अतिथिहरुले सिङ्गो तमु समुदायको मौलिक पहिचान भाषा, संस्कार संस्कृतिलाई संरक्षण(प्रवर्द्धनका लागि वर्तमान परिपेक्षमा राज्य द्वारा गरिएका पहिचानका मुद्दामा एकजुट भै अन्ततस् एउटै परिवार हुनेमा प्रतिवद्धता ब्यक्त गरे । अन्य बक्ताहरूले आ(आफ्नो धारणा राख्दै शुभकामना दिए ।

महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, अन्य, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक एवं वैचारिक विभिन्न, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट ब्याक्तित्व, स्थानीय पत्रकारहरूलाई अतिथि ग्रहण गराएको थियो समारोहलाई भब्य र सभ्य सम्पन्न गराउन योगदान र्पुयाउने सबैलाई संधका संस्थापक सदस्य, संरक्षक, प्रमुख अतिथि, विशेष अतिथि, कार्यक्रमका सभापतिको सह्योगमा संघले क्रमशः खेगी ओढाएर सम्मान गरेको हो ।

साँस्कृतिक संयोजक संग्रम तमु र फलेन्द्र तमुले संयुक्तरूपमा संचालित विभिन्न साँगितिक प्रस्तुतिले उपस्थित पाहुनालाई भरपुर मनोरञ्जन गराएको थियो ।

प्रमुख अतिथि गैर आवासीय नेपाली संघ समन्वय परिषदका द्धितिय उपाध्यक्ष प्रविन गुरूङ, कार्यक्रम सभापति संघका अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमु, संरक्षक युद्घजंग तमु, वरिष्ठ सान पह्च्यु तमुको स्वागत तथा सचिव चन्द्र गुरूङको संचालनमा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend