साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
नेपालबाट ख्याती प्राप्त कलाकारहरुको जमघटमा एभरेष्ट युथ एसोसिएसन कतारले सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पोखरा बृद्ध आश्रमको सहयोगार्थका लागी गरिएको कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु गायक कलम खत्री, लोक दोहोरी गायिका बन्दना पाण्डे र नायिका बेनिसा हमाल लगाएत स्थानीय कलाकारहरुले कार्यक्रमलाई रौनक प्रदान गरेका थिए ।
प्राय स्थानीय कलाकारहरुले दर्शकहरुलाई नचाउने ठाउँमा यो पाली भने नेपालमा विभिन्न विधाहरुमा अवार्ड समेत प्राप्त गरेका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रह्यो । खुला ठाउँ अनि जाडो मौसमलाई च्यालेन्ज दिदै दर्शकहरुले कलाकारहरु साथ दिई रहदा जाडो कतारको जाडो पनि फिका भएको थियो । राष्ट्रिय कलाकार कमल खत्रीको गायकी बन्दना पाण्डे र देविका केसीसंग स्थानीय दोहारी गायकहरुको घम्साघम्सी र नायिका बेनिसा हमालको नृत्य तारिफ योग्य थियो ।
जाडोलाई तताउन धमाकेडर प्रस्तुति दिएका डिजेले दिन ढल्किदै जाँदा उपस्थित सबैलाई उफारे । त्यहि रमाइलो माहोलमा नै स्थानीय गायकहरु रित कुमार श्रेष्ठ, रविन राई, नवराज श्रेष्ठ, दामोदर न्यौपाने, नरेन्द्र खड्काले साथमा साथ दिई रहे । कार्यक्रममा चर्चित गायक राजेश पायल राईका दाजु रविन रिको गीतिसंग्रह एल्बम “ज्यानै जाने भो” को बिमोचन समेत गरिएको थियो ।
एसोसिएसनका अअध्यक्ष उत्तम गुरूङ्को सभापतित्वमा सम्पन्न प्रमुख अतिथिमा गैर आवासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद का मध्य पूर्व सह सम्योजक उमेश अधिकारी रहेका थिए । औपचारीक कार्यक्रमका लागी सचिव जीवन जीवन श्रेष्ठले संचालन गरेका थिए । भने कार्यक्रमका लागी महासचिव वि.एच राना र आशा थापा मगरले संचालन गरेका थिए ।
कार्यक्रमलाई अझै उत्कृष्ट बनाउनको लागी चर्चित लोक दोहोरी गायिका देविका केसीले अनौपचारिक कार्यक्रमको संचालन समेत गरेकी थिईन । त्यसैगरी ब्यबस्थापक तेजेन्द्र महत, संयोजक सन्दिप कुमार भट्टराई, र युवा संयोजक तथा कार्यक्रम स्वयं सेवक संयोजक सगुन रानाले कार्यक्रममा ब्यबस्थित गराउनको लागि आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend