साझा नेटवर्क
कुमार अविरल/केसव कंडेल, कतार माघ २४ ।
गुल्मी सेवा समाज कतारले गुल्मेली चेली चर्चित लोक तथा दोहोरी गायिका बन्दना पाण्डेलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । साथै सोहि अवसरमा लोक गायिका सुस्मा पुन मगर पनि सम्मानित भएकी हुन् ।
बसन्त फिल्मस् प्रा.लि.को निमन्त्रणामा एभरेष्ट नेपाल युथ एसोसियसनको प्रथम वार्षिकोत्सव तथा बनभोज कार्यक्रमका लागि कतार आएकी गायिका पाण्डेलाई समाजले सम्मान गरेको हो भने लोक दोहोरी गायिका सुस्मा पुन मगर कतारको बसाईलाई बिट मार्दै जन्म भुमि जाने तयारीमा रहेकी छिन।
नेपाली आगन रेस्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार शिव खड्का प्रमुख अथिति रहेका थिए । तेसै गरि चर्चित लोक दोहोरी गायिका बन्दना पाण्डे, लोक गायिका सुस्मा पुन मगर, संस्थाका सल्लाहकार बिजय बिक्रम बस्नेत विशेष अथिति रहेका थिए । समाजका महिला संयोजक बिष्णु खत्री, कोषाध्यक्ष मित्र बीएस, सास्कृतिक बिभाग संयोजक सुरज बिसी लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिती रहेको थियो ।
गुल्मी सेवा समाजले कतारमा आयोजना हुने कार्यक्रमहरुमा बिभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई सम्मान गर्दै आईरहेको छ । कार्यक्रममा प्रमुख आथिति, बिशेष आथितिहरु एवं अथितिहरुले गायिका पाण्डे तथा पुनलाई सांगीतिक यात्रा सफलताको शुभकामना दिए । कार्यक्रममा बोल्दै गायिका पाण्डेले बसन्त फिल्मसले यहा सम्म आउने मौका दिनुभएकोमा बिसेष आभार प्रकट गरिन । त्यस्तै गायिका पाण्डे र पुनले गुल्मी सेवा समाज कतारबाट सम्मानित हुन् पाउदा आफुहरु निकै भाग्यमानी भएको बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै सभापति पाण्डेले नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपालीकला संस्कृतिलाई टेवा पुग्ने काम गर्ने बताए । गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको बताउदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम संस्थाका सह सचिव थम बिकको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend